ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त


एबीसी न्यूज
१९ बैशाख २०८०, मंगलबार   ४ : ०८   बजे

काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गर्नुभएको थियो ।

 

नेपालको संविधानको धारा १८८ को उपधारा ९१० तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम ९४० बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास मतको प्रस्ताव राख्दा उहाँको पक्षमा ५३ मत परेको छ ।

यस्तै विश्वासको मतको विपक्षमा २९ र चारजना तटस्थ रहेका छन् । प्रदेश सभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा आठ दलका ५२ जना र एक स्वतन्त्र सांसदगरी ५३ जनाले मतदान गरेका छन् । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टीको चार, जसपा, लोसपा र जनमतका तीन÷तीन, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा एक÷एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए ।

यस्तै विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका चार गरी ३३ जना रहेका छन् । प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री चौधरीले प्रदेशका जनताको आर्थिक समृद्धिका लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताउनुभयो । उहाँले प्रदेशका जनतालाई आशा र विश्वास दिलाउनेगरी काम गर्ने र प्रदेशको अधिकार प्राप्तिका लागि बिपक्षी दललाईसँगै हिँड्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा हुनुहुन्छ ।

यही वैशाख १५ गते मुख्यमन्त्री चौधरीसँगै शपथ लिएका तीनजना मन्त्रीको अहिलेसम्म विभागीय जिम्मेवारी तोकिएको छैन । माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुिक्त पार्टीका धर्मबहादुर चौधरी बिनाविभागीय मन्त्री रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group