ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेलमा अपराध रोक्न एकमहिने अभियान


एबीसी न्यूज
१९ बैशाख २०८०, मंगलबार   ४ : २४   बजे

काठमाडौं, १९ बैशाख । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा पोलेर वातावरण प्रदूषित गर्ने, सडक बालबालिका, मगन्ते, ठेलागाडीमा सामान बेच्ने, नाङ्लो व्यापारको नाममा ठगी गर्ने गुनासो बढेपछि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले ठमेलभित्र भएको ध्वनि प्रदूषणलाई रोक्नसमेत अभियानले भूमिका खेल्ने बताउनुभयो । परिषद्को टोलीले रातको १० देखि १२ बजेसम्म उक्त अभियान सञ्चालन गर्ने अध्यक्ष शर्माको भनाइ छ ।

“सुरुको समयमा पर्यटकलाई दुःख दिने तथा ठमेलभित्र होहल्ला गर्ने व्यक्तिलाई सम्झाइबुझाइ गर्छौं, सम्झाइबुझाइ गर्दासमेत अटेर गरेमा पक्राउ गरेर कारबाही गछौँ”, उहाँले भन्नुभयो । उहाँले रातिको समयमा पर्यटकलाई दुःख दिए ठमेल पर्यटन परिषद्मा सम्पर्क गर्नसमेत आग्रह गर्नुभएको छ ।

कोरोनाले थलिएको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले चौबिसै घण्टा खोल्न दिने निर्णयपछि ठमेलमा रात्रिकालीन व्यवसाय फस्टाएको छ । ठमेलमा होटल, रेस्टुराँ, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायले व्यवसाय फस्टाएको भए पनि ध्वनि प्रदूषणले समस्या सिर्जना गरेको स्थानीय बताउँछन् ।

परिषद्का उपाध्यक्ष सहदेव ९विमल० धमलाले सुरक्षित र व्यवस्थित ठमेल निर्माणका लागि ठमेल परिषद्ले काठमाडौँ महानगरपालिका नगर प्रहरी, प्रहरी वृत्त लैनचौर तथा दरबारमार्ग, ट्राफिक प्रहरी, पर्यटक प्रहरी स्थानीय घरधनी तथा व्यवसायीको उपस्थितिमा अभियान सञ्चालन गरेको बताउनुभयो ।

नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झन्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group