ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीति मावन सेवाप्रति समर्पित हुन सकेन : मन्त्री कार्की


admin
१७ माघ २०७४, बुधबार   ६ : ३३   बजे

इटहरी, १७ माघ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति मावन सेवाप्रति समर्पित हुन नसकेको अवस्थामा राजनीतिलाई आम नागरिकले विश्वास गर्न छोड्ने खतरा बढिरहेको बताउनुभएको छ ।

इटहरी जेसिसको ३० औँ तथा जुनियर जेसिसको १२ आँै पदस्थापना कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री कार्कीले राजनीतिलाई सेवाभावले हेर्न नसकेसम्म शासन प्रणाली जनताप्रति उत्तरदायी बन्न नसक्नेतर्फ आफूले जेसिसबाट धेरै ज्ञान प्राप्त गरेकाले जेसिसको नारालाई सिरोधार्य गर्दै आएको बताउनुभयो ।

जेसिसले अपनाएको विधिको शासन र नागरिकप्रतिको सेवाभावबाट नेपालको राजनीतिक दलहरूले शिक्षा लिन नसकेकै कारण देशका सम्पूर्ण राजनीतिप्रति वितृष्णा बढ्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

हरेक वर्ष एक व्यक्ति एक पदको जेसिज अवधारणाको व्यावहारिक प्रयोगले जेसिसको गरिमा उच्च हुनुको मूल कारण भएको स्पष्ट पार्दै अर्थमन्त्री कार्कीले त्यो विषयलाई राजनीतिक दलहरूले आत्मसाथ गर्नसके समग्र देशको विकासमा सवैको साझेदारी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इटहरी जेसिस अध्यक्ष गोकुल थापा, सांसद सिताराम मेहता, प्रदेशसभा सदस्य लिलम बस्नेत, जुनियर जेसिस अध्यक्ष बादल दाहाललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu