ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अवार्ड कसले जित्ला ?


एबीसी / संवाददाता
२१ बैशाख २०८०, बिहिबार   ६ : २७   बजे

पोखरा, २१ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करण यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदै छ ।

गण्डकी प्रदेशका खेलाडी र खेलकुदकर्मीका लागि स्पोर्टस् अवार्ड सर्वाधिक चासोका रुपमा रहने गरेको छ । खेलकुद क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र खेल पत्रकारले सयौँको उपस्थितिमा प्रतिष्ठित अवार्ड प्राप्त गर्ने भएकाले यसप्रति खेलकुदकर्मीको कौतुहलता र चासो बढी हुने गर्दछ ।

खेलाडीले राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अघिल्लो वर्ष प्राप्त गरेको सफलताका आधारमा मनोनयनमा परेका खेलाडीमध्ये सर्वोत्कृष्ट छनोट गरी अवार्ड प्रदान गर्दछन् । गण्डकी प्रदेशका खेलाडीले मात्र यसमा सहभागी बन्न पाउने प्रावधान छ । स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडीमा समेत कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गंगाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा परेका छन् ।

वर्ष उत्कृष्ट खेलाडीको अवार्डमा सर्वाधिक चासो रहने गर्दछ । मनोनयनमा परेका खेलाडीमध्येमा खेलमा प्राप्त गरेको उपलब्धिलाई आधार मानेर मञ्चद्वारा गठन गरिएको खेलाडी छनोट समितिका आधारमा सर्वोत्कृष्ट खेलाडी छनोट गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

उनले भने, “उत्कृष्ट खेलाडी छनोटका मुख्य आधारनै खेलाडीको प्रदर्शन र उपलब्धि हो । यसैमा रहेर वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्नेछौँ ।” वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्ने खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसी क्रिकेटका अलराउण्डर खेलाडी हुन् । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेलेका छन् । यस अवधिमा उनले तीन सय १४ रन बनाएका छन् ।

करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुर्याउनुको साथै आगामी चार वर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसी लिग–२ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छैटौँ स्थानमा छन् ।

यसैगरी आर्चरीका गंगाबहादुर कुँवरले गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल भए । उनले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टोलीमा स्वर्ण पदक जित्न सफल भएका हुन् । आर्चरी खेलमा गण्डकी प्रदेश टोली च्याम्पियन बनेको थियो ।

नेपालका टेनिसका पहिलो वरीयताका खेलाडी हुन् पोखराका प्रदीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गरेका प्रदीपको खेल जीवनको सुरुवात विसं २०६५ देखि अघि बढेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले तीन स्वर्ण पदक जिन्न सफल भएका थिए । ‘मेन्स सिंगल’, ‘मेन्स डबल’ र ‘टिम इभेन्ट’मा स्वर्ण पदक जितेका थिए ।

यसैगरी, खड्काले सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको पुरुष एकल र डबल्समा समेत स्वर्ण पदक हात पारेका थिए । पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी पुरुषसहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सातवटा विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद ३५ हजारको साथमा ट्रफी पुरस्कार पाउने छन् । ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा मञ्चले गरिसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu