ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायती राजाले २.२३ किलोको राजमुकुट पहिरिए, विश्व नेताहरुको भव्य उपस्थिति (तस्वीरहरु)


ABC NEWS
२३ बैशाख २०८०, शनिबार   ७ : ३४   बजे

काठमाडौं २३ बैशाख । बेलायतका राजा चार्ल्स तृतीयलाई मध्य लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहिर्‍याइएको छ । बेलायती समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा इसाई धार्मिक परम्परामा आधारित एउटा सौम्य, सांगीतिक समारोहमा आर्चबीसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिर्‍याइदिएका थिए ।

२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेलामात्रै पहिरन्छन् ।

ुहामी यहाँ एक जना राजालाई राजमुकुट लगाइदिन उपस्थित भएका छौं र राजाले सेवा गरुन् भनेर उनलाई राजमुकुट पहिर्‍याउन लागिएको होु, आर्चबीसप अफ क्यान्टरबरीले भने । उनले ुगड सेभ द किङ’ भनेपछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोर्‍याएका थिए ।

सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीं भएको थियो । बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४०औं राजा हुन् ।

७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए ।

वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्‍याइदिएका हुन्। आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवर्डको मुकुट राजाको शिरमा लगाउँदै घोषणा गरे, ‘ईश्वरले राजाको रक्षा गरुन्!’​

त्यस्तै, रानी क्यामिलियालाई पनि मुकुट पहिर्‍याइएको छ। सो समारोहमा दुई हजारभन्दा बढी अतिथिहरु उपस्थित छन्।

राज्याभिषेकलगत्तै विश्वनेताहरुले राजारानीलाई बधाई दिने क्रम सुरु भएको छ।

तस्बिरहरूः रोयटर्स


King Charles III and Queen Camilla are carried in the Diamond Jubilee State Coach as the King’s Procession passes along The Mall to their coronation ceremony London. Picture date: Saturday May 6, 2023.





प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu