ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासका सम्भावना खोज्दै टीकापुर


एबीसी न्यूज
२४ बैशाख २०८०, आइतबार   ३ : १७   बजे

काठमाडौं, २४ बैशाख । कैलालीको टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ । सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो ।

कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर क्षेत्रको विकास हुन नसक्नुको कारण सामूहिक एकताको अभाव भएको बताउनुभयो । उहाँले सामूहिक एकता हुन नसकेकै कारण टीकापुर क्षेत्र पछाडि परेको र त्यसलाई मूर्तरुप दिन सबैको गन्तव्य एउटै हुनुपर्ने उल्लेख गर्नुभयो ।

“हामी चाहन्छौँ हाम्रो क्षेत्र विकासको गतिमा अघि बढोस् । तर त्यो काम कसले गर्ने भन्ने अन्योलमा हामी सधैँ रहने गरेका छौँं ।” न्यौपाने भन्नुहुन्छ, “अब टीकापुरको सम्भावनालाई पछ्याउनका लागि राजनीतिक आस्था र व्यक्तिगत स्वार्थबाटमाथि उठेर सामूहिक एकतामा जोडिन सक्नुपर्छ ।” निर्वाचनको समयमा मात्रै राजनीतिक दल र राजनीतिक आस्थाका पछाडि लाग्न आग्रह गर्दै न्यौपानेले विकासमा सबैको सामूहिक एउटै आवाज हुन जरुरी रहेको बताउनुभयो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु काम गर्दै जाँदा असहयोग गर्नुपर्छ भन्ने मानसिकता बोकेर हिँड्नेका कारण चाहेर पनि राम्रो गर्न नसकिएको बताउनुहुँन्छ । उहाँ भएका सम्भावनालाई स्थानीय स्रोतसाधनले भ्याएसम्म काम गर्ने हुटहुटीले आफूहरु अग्रसर भए पनि पछाडिबाट खुट्टा तान्ने प्रवृत्तिले त्यसलाई टुङ्गोमा पु¥याउन नसकिएको दाबी गर्नुहुन्छ ।

“चाहेर मात्रै काम गर्न नसकिँदो रहेछ । फेरि नागरिकको मानसिकतामा नै सबै काम जिम्मेवार पदमा बसेको व्यक्तिले नै गर्नुपर्छ भन्ने छ ।”, थारु भन्नुहुन्छ, “एउटाले काम गर्न खोज्ने अर्कोले खुट्टा तान्ने प्रवृत्ति रहिरहरने हो भने हामीले गन्तव्य भेटाउन मुस्किल हुन्छ ।”

स्थानीय नागरिक अगुवा भीमराम चपाईले प्रतिनिधिसभा सदस्य न्यौपानेलाई पहिला टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै सांसदको सामूहिक छलफल गर्न वातावरण बनाउन सुझाव दिनुभएको छ । उहाँले लक्ष्य ठूलो लिए पनि सुरुआत शून्यबाटै गर्नुपर्ने बताउनुभयो । चपाईले भन्नुभयो, “हामी टीकापुर विमानस्थलको कुरा गर्छौँं वा सम्भावना भएको टीकापुर उद्यानको कुरा गर्छौंँ विमानस्थलमा पहिला त्यसमा सानै जहाज भए पनि सञ्चालनमा ल्याएर त हेरौंँ । त्यसपछि ठूलो जहाजको विकल्प खोजाँैंला ।”

टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशरबहादुर कुँवर टीकापुरको प्रमुख सम्भावना कृषि भएको बताउनुहुन्छ । कृषिको हबको रुपमा विकास गर्न लाग्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । कुँवरले क्याम्पसको अतिक्रमित व्यवस्थापनका लागि पहल गरेर अध्ययन भइरहेको कृषि विषयलाई प्रभावकारी बनाउन सके त्यसले टीकापुरको सम्भावनालाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले इच्छाशक्ति भए काम गर्न कतै अप्ठ्यारो नहुने तर सामूहिक एकता र नेतृत्वमा इच्छाशक्तिको अभावले कैयौँ काम ओझेलमा परेका बताउनुभयो ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य दयाराम सञ्ज्यालले टीकापुर क्षेत्रको सम्भावनाका विषयमा ढिलै भए पनि सामूहिक बहसको सुरुवात सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले युवालाई देशमै बस्न सक्ने वातावरण सिर्जना गर्न सके ठूलो उपलब्धि मान्न सकिने बताउनुभयो ।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले खेलाडीलाई व्यावसायिक खेलकुदमा जोड्ने गरी काम भइरहेको बताउनुभयो । प्रदेशस्तरमा खेलकुद प्रतियोगितालाई प्रोत्साहन गर्नुका साथै खेलकुद मैदान निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको उहाँ बताउनुहुन्छ ।

“कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुरमा खेलकुद रङ्गशाला निर्माणको काम सुरु गरेका छौँं । खेलकुदको प्रदेश कार्यविधि बनाउने काम भइरहेको छ ।” सिंह भन्नुहुन्छ, “यसले खेल क्षेत्र र खेलाडीको संरक्षण तथा व्यावसायिककरणमा सहयोग पुग्ने विश्वास लिएका छौँं ।”

सदस्य सचिव सिंहले जनशक्ति र बजेटको अभावका कारण खेलकुदको क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको बताउनुभयो । “जनशक्तिको अभाव, सीमित बजेटबीच धेरै काम गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि खेलाडीको मर्मअनुसार काम गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

नगरपालिकाले पर्यटकीय क्षेत्रलाई पनि व्यवसायीकिकरण गर्नेगरी योजना बनाउन थालेको छ । सबैभन्दा बढी सम्भावना नगरपालिकामा पर्यटन क्षेत्र नै भएकोले त्यसलाई व्यवस्थित गरेर प्रचारप्रसारमा कमि गर्न नहुने नागरिक अगुवा भीमराम चपाई बताउनुहुन्छ ।

“टीकापुरमा लगानीका सम्भावना धेरै छन् तर, त्यसको सुनिश्चितता र सुरक्षाको ग्यारेन्टी स्थानीय सरकारले लिनसके राम्रो परिणाम आउन सक्छ ।” उहाँले भन्नुभयो, “लगानी गर्ने वातावरण बनाउनुपर्यो । केही नगरपालिकाको मातहतमा रहेका संरचनालाई सीमित समयका लागि निजी क्षेत्रलाई जिम्मा दिनसके पनि नगरपालिकाको आन्तरिक आयस्रोत मजबुत बन्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group