ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एआइजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान


एबीसी / संवाददाता
२६ बैशाख २०८०, मंगलबार   ६ : १६   बजे

काठमाडौँ, २६ वैशाख । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन सोमबार साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का रहेका छन् ।

अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu