ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन दिवसका अवसरमा बारको शुभकामना


एबीसी न्यूज
२६ बैशाख २०८०, मंगलबार   १ : ४९   बजे

काठमाडौं,२६ बैशाख । नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ ।

नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ ।

“कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्  शुभकामना सन्देशमा भनिएको छ ।

नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज पहुँच हामी सबैको सरोकारको विषय भएकाले न्यायापालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भएमा मात्र विधिको शासन, लोकतन्त्र र मानवअधिकारले सार्थकता पाउने सन्देशमा उल्लेख छ ।

“न्यायापालिकामा विकृति, विसङ्गति र भ्रष्ट्राचार व्याप्त रहेको भन्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको प्रतिवेदन र बारको सहभागितामा तयार हरिकृष्ण कार्कीको प्रतिवेदनले उजागर गरेको छ”, सन्देशमा भनिएको छ, “यसरी उजागर गरिएका विकृति, विसङ्गति र भ्रष्टाचारको निर्ममतापूर्वक अन्त्य गर्न सकिएमा मात्र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन जाने र कानुन दिवस मनाउनुको पनि सार्थकता सिद्ध हुन्छ ।

बारले लामो अवधिसम्म आन्दोलन गरेको र सोही विषयलाई हालको कार्यसमितिले स्वामित्व ग्रहण गरी न्यायापालिकाको शुद्धिकरण र सुदृढीकरणको अभियान अन्तर्गत विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य, विचौलियाद्वारा न्याय किनबेच हुन्छ भन्ने कुराको विरोधका साथसाथै, प्रधान न्यायाधीशको नियुक्ति समेतको माग राखी हामी निरन्तर अभियानमा रहेको सन्देशमा उल्लेख छ ।

दिवसका अवसरमा अग्रजप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गरेको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu