ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालीमा बालुवा छान्नेको पीडा : ‘बालुवा नछाने भोकै बस्नुपर्छ’


एबीसी न्यूज
२७ बैशाख २०८०, बुधबार   १ : १८   बजे

काठमाडौं, २७ बैशाख । गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली । गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन् । उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन् । सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग । कोही खाल्डामा पसेर उत्खनन गर्दैछन् त, कोही गिट्टी, बालुवा छुट्याउन छान्ने जालीसम्म ढुवानी गर्ने काममा व्यस्त छन् ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली नदीमा यसरी गिट्टी, बालुवा छान्नेको आजभोलि ताँती देखिन्छ । नदी तटीय क्षेत्रका विपन्न परिवारको आम्दानीको स्रोत हो, गिट्टी, बालुवा ।

ब्रह्मदेवकी कलावती पाललाई महाकालीमा बालुवा छान्ने काम गर्न थालेको पाँच वर्ष भइसक्यो । दिनभरि महाकालीमा बालुवा छाने मात्रै बेलुका उहाँको चुलोमा आगो बल्छ । “घरपरिवारको सबै खर्च बालुवा छानेरै चलेको छ, अरू केही काम पाइँदैन”, उहाँ भन्नुहुन्छ, “बालुवा नछाने भोकै बस्नुपर्ने अवस्था छ ।” कलावतीका श्रीमान् मानसिंह पनि महाकालीमै बालुवा छान्ने काम गर्नुहुन्छ । उहाँहरुका चार छोराछोरी छन् ।

“खेतीपाती गर्न पर्याप्त जमिन छैन, बस्नलाई छुप्रो मात्रै छ”, मानसिंहले भन्नुभयो, “महाकालीकै भरमा जीवन चलेको छ, गहुँ, चामल किनेरै खानुपर्छ ।”

महाकालीमा बालुवा छान्ने काममा ब्रह्मदेवकी चन्द्रा भुलको जीवनको आधा समय घर्कियो । घरबाट बिहान खाना खाएर निस्किएर बेलुका अबेरसम्म महाकालीमा गिट्टी, बालुवा छान्ने उहाँको दैनिकी नै हो । “यहीँ गिट्टी, बालुवा सङ्कलन गरेर बिक्री गर्छौं, हाम्रो आम्दानीको स्रोत भनेकै यही हो”, उहाँले भन्नुभयो, “खाद्यान्न खरिददेखि बालबच्चाको विद्यालयको खर्च यही कमाईले व्यहोर्न पर्छ ।”

सात÷आठ महिना बालुवा छानेर कमाएको पैसाले घरखर्च जोहो गर्न धौ–धौ हुने गरेको धौली नेगी बताउनुहुन्छ । “गिट्टी छानेर बिक्री गरेको पैसाले खर्च जोहो गर्नै मुस्किल पर्छ, नुन, तेल, खाद्यान्न सबै किनेरै खानुपर्छ”, उहाँले भन्नुभयो, “कमाईको स्रोत यहीँ एउटा छ, सबै खर्च व्यवस्थापन गर्न मुस्किल पर्छ ।”

कात्तिक सुरुआतदेखि जेठ अन्तिमसम्म नदी तटीय क्षेत्रका विपन्न परिवार बालुवा छान्ने काम गर्ने गरेका छन् । नदीमा बाढी आउने समयमा बेरोजगार हुने हुनाले परिवार पाल्नै समस्या हुने गरेको उहाँहरुको गुनासो छ ।

“कात्तिकदेखि जेठसम्म मात्रै नदीमा काम पाइन्छ, अरू समय बेरोजगार बस्नु पर्दा घरखर्च चलाउन समस्या हुन्छ”, चन्द्रा भुलले भन्नुभयो, “गाउँमा ऋण निकालेर खर्च चलाउँछौँ, सिजनमा कमाएर ऋण तिर्छौं ।”

कञ्चनपुरका नदी तटीय क्षेत्रका विपन्न समुदायका स्थानीय बालुवा, गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्ने गरेका छन् । गिट्टी, बालुवा बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्ने गरेको उहाँहरुको भनाइ छ ।

बालुवा प्रतिट्रली रु एक हजार पाँच सय र गिट्टी रु दुई हजार सात सयमा बिक्री गर्ने गरेको दूरा भुलले बताउनुभयो । “एक मान्छेलाई ट्रली बनाउन हप्ताभन्दा बढी नै लाग्छ, दुई÷तीनजना मिलेर गरे दुई÷तीन दिनमा पनि ट्रली तयार हुन्छ”, उहाँले भन्नुभयो, “ट्र्याक्टर धनी यहीँ आएर गिट्टी, बालुवा किन्छन् ।”

वर्षांैदेखि गिट्टी, बालुवाको मूल्य नबढेको उहाँले बताउनुभयो । “सुरुमा पनि हामीले यतिमै बिक्री गथ्र्यौं, सबैतिर महँगाइ छ”, उहाँले भन्नुभयो, “तर अझै गिट्टी, बालुवाको मूल्य बढेको छैन ।”
कात्तिकदेखि मङ्सिरसम्म गिट्टी प्रतिट्रली रु तीन हजारसम्म बिक्री गर्ने गरिएको रेश्मा भुलले बताउनुभयो । “कहिलेकाहीँ बालुवा, गिट्टी बिक्री नहुँदा सस्तोमै पनि बिक्री गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काम नपाउँदा कर्जा निकालेर खर्च चलाउनुपर्छ, सिजनमा कमाएको पैसा कर्जा तिर्नमै जान्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group