ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


एबीसी न्यूज
२८ बैशाख २०८०, बिहिबार   १२ : ५९   बजे

काठमाडौं, २८ बैशाख । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन् ।

क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ । हाल नख्खु कारागारमा छ सय ९५ पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक छन् ।

त्यसैगरी, आठ सय १२ कैदीबन्दीमध्येमा ५७ विदेशी नागरिक छन् । कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिनुभयो ।

हाल कारागारमा तीन ब्लक छन् । पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ ।

कारागार प्रशासक कल्पना घिमिरेका अनुसार, सिआर र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्णरुपमा नयाँ तरिकाले निर्माण गरिएको छ । कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ । कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ । पढ्न चाहानेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था रहेको छ ।”

कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu