ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


एबीसी न्यूज
२९ बैशाख २०८०, शुक्रबार   १२ : ५९   बजे

काठमाडौं, २९ बैशाख । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ ।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

सो अवसरम प्रधानमन्त्री दाहालले अहिले सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेकाले स्रोत पहिचान र लगानी अवधारणाको खोजी गर्न यो सम्मेलनले पृष्ठपोषण गर्ने बताउनुभयो ।

वित्तीय लगानीका नयाँ नयाँ स्रोत तथा अवधारणा खोज्न सम्मेलन आयोजना हुनु निकै सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

“हाम्रो विकास लक्ष्य पूरा गर्न आवश्यक वित्तीय स्रोतको अन्तरपूर्तिका लागि लगानीको उपयुक्त अवधारणा खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ र यसले हामीलाई मार्गदर्शन गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । विकासका लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने र त्यसलाई उत्प्रेरित गर्नका लागि सरकार तत्पर रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

सम्मेलनमा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालका लागि वित्तीय स्रोत र साधनको आवश्यकता रहेको बताउनुभयो । नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून रहेको उहाँको भनाइ छ ।

नेपालले उदार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्था अंगालेकाले लगानीमा समस्या नरहेको र प्रतिफल लैजान पनि समस्या नदेखिएको अर्थमन्त्री महतले उल्लेख गर्नुभयो । लगानीमैत्री वातावरणका लागि चाहिने नीतिगत र संरचनागत व्यवस्था नेपालमा रहेकोसमेत उहाँले दावी गर्नुभयो । यी क्षेत्रमा आवश्यकताअनुसार सुधार गर्न सरकार तयार रहेको अर्थमन्त्री महतको भनाइ छ ।

“हाम्रो विकास आवश्यकता पूर्ति गर्न लगानीका क्षेत्र पहिचान गरिएका छन् । भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन क्षेत्रलाई लगानीको प्राथमिकतामा राखिएको छ”, अर्थमन्त्री महतले भन्नुभयो, “लगानी आवश्यकता पूर्ति गर्नका लागि कुनै नवीन वित्तीय स्रोतको अवधारणलाई हामी स्वागत गर्छौं ।”

लगानीको वातावरण बनाउन आवश्यक नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।

निजी वैदेशिक लगानी तथा सार्वजनिक निजी साझेदारीको माध्यमबाट लगानी व्यवस्थापन गर्ने महात्वकांक्षी लक्ष्यसहित अघि बढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताउनभुयो ।

“लगानी बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलो विदेशी लगानी व्यवस्थापन गरिरहेको छ । अझै पनि अबको तीन÷चार वर्षभित्र ठूलो लगानी ल्याउने लक्ष्य लिएका छौँ”, भट्टले भन्नुभयो ।

नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गरिसक्नका लागि अहिले लगानीको ठूलो खाडल रहेको काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवम् अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले धारणा राख्नुभयो । मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि

स्वदेशी स्रोत र उपकरण तथा सरकारले मात्र लगानी गरेर पनि नहुने उहाँको भनाइ छ । “दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोतको अहिले अभाव छ । यसलाई पूरा गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी गर्न आवश्यक छ”, वाग्लेले भन्नुभयो ।

सम्मेलनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले नेपालमा लगानीको सम्भावना र आवश्यकता दुवै रहेको उल्लेख गर्नुभयो ।

दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका मुद्दा सम्बोधन र पूर्वाधार विकासका लागि लगानी आवश्यक रहेकाले नेपालले लगानीका नयाँ स्रोत खोज्नुपर्ने उहाँले बताउनुभयो ।

सम्मेलनमा मुख्यगरी चारवटा विषयमा छलफल हुनेछ । पहिलो सत्रमा वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानीका विषयमा छलफल हुनेछ ।

दोस्रो सत्रमा लगानीका लागि शासकीय व्यवस्थाका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा विकास परियोजनाहरूमा लगानीका उपकरणका बारेमा छलफल हुनेछ भने चौथो सत्रमा लगानी तथा वित्त परिचालनका बाधक र त्यस्ता बाधक हटाएर सहजीकरण गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यकातालिका रहेको छ ।

सम्मेलनमा नेपालका लागि आवश्यक वित्तीय स्रोतको खोजी, अहिलेसम्मका अभ्यास र आगामी दिनमा सरकारले लिनुपर्ने नीतिका बारेमा सरोकारवालाबीच छलफल हुनेछ ।

नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना भएको हो ।

सम्मेलनमा सरकारी विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारीहरू, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञहरूको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group