ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बईले शीर्ष स्थानको गुजरातलाई हरायो


एबीसी / संवाददाता
३० बैशाख २०८०, शनिबार   ६ : ५९   बजे

काठमाडौँ, ३० वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सविरुद्ध २७ रनको जित निकालेको छ ।

शुक्रबार वानखेडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनाउन सक्यो ।

गुजरातका राशिद खानले ३२ बलमा तीन चौका र १० छक्कासहित अविजित ७९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्यले दोहोरो अंकमा रन थप्न सकेनन् ।

मुम्बईका आकाश माद्यवलले तीन विकेट लिए । पियुष चावला र कुमार कार्तिकेयले समान दुई विकेट लिँदा जासन बेह्रेन्डोर्फले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो ।

सूर्यकुमार यादवले शतक प्रहार गरेपछि मुम्बई विशाल योगफलसम्म पुगेको थियो । सूर्यकुमारले ४९ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०३ रन जोडे । इशान किसनले ३१, विष्णु विनोदले ३०, कप्तान रोहित शर्माले २९ र नेहल वधेराले १५ रन जोडे ।

गुजरातका राशिद खानले चार विकेट लिए । मोहित शर्माले एक विकेट हात पारे ।

जितसँगै १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारका बावजुद १२ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थान यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu