नयाँदिल्ली, १८ माघ भारतमा बुधबार एक डुङ्गा डुब्दा पाँचको मृत्यु भएको छ भने, अन्य चारलाई उद्धार गरिएको छ ।
भारतको पूर्वी राज्य बिहारको राजधानी पटनामा पर्ने फटुहामा गंगा नदीमा डुङ्गा डुबेको अधिकारीहरुले जानकारी दिएका छन् ।
“नौ जना यात्रु बोकेको एउटा डुङ्गा आज यहाँ डुबेको छ, तीमध्ये पाँच जनाको मृत्यु भएको छ भने चार जनालाई जीवितै उद्धार गरिएको छ,” पटनाबाट स्थानीय प्रकोप व्यवस्थापन अधिकृत अभिनाश कुमारले टेलिफोनमा सिन्ह्वालाई भन्नुभयो ।
उहाँले घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको पनि जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “सबै जनाको शव नदीबाट बाहिर निकालिसकिएको छ ।”
भारतमा यसरी डुङ्गा दुर्घटनाका घटनाहरु बेलाबेलामा हुने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्नु नै दुर्घटनाको मुख्य कारण हुने गरेको अधिकारीहरुले बताएका छन् । (रासस÷सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्