ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्नाटकामा कंग्रेस आई बहुमततर्फ अग्रसर, विजेपीको लज्जाजनक हार


ABC NEWS
३० बैशाख २०८०, शनिबार   ११ : ०८   बजे

काठमाडौं ३० बैशाख(एजेन्सी) कर्नाटकामा बुधबार सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ।

शनिबार बिहानदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको विवरणमा सत्तारूढ भारतीय जनता पार्टीलाई पछि पार्दै कंग्रेस आई बहुमततर्फ अग्रसर देखिएको छ।

मतगणना जारी रहँदा विधानसभाका कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले अग्रता लिइरहेको छ। बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ।

टाइम्स अफ इन्डियाका अनुसार हालसम्म सत्तारूढ भारतीय जनता पार्टीले ७९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ भने जनता दल सेकुलर ९जेडिएस० ले २५ क्षेत्रमा अग्रता लिएको छ।

मतगणनाको ताजा विवरणअनुसार भाजपा २०१८ को निर्वाचनमा जितेको २५ निर्वाचन क्षेत्रमा यसपालि पछि परेको छ भने कंग्रेसले अघिल्लो निर्वाचनमा हारेका ३९ निर्वाचन क्षेत्रमा यसपटक अग्रता लिइरहेको छ।

भारतका विभिन्न सञ्चारमाध्यमहरूले गरेको एक्जिट पोलहरूले यसपालि कर्नाटकामा भारतीय जनता पार्टीलाई पाखा लगाउँदै कंग्रेस आइले बहुमतको सरकार बनाउने विवरण सार्वजनिक गरेका थिए।

अहिलेसम्मको मतगणनालाई नियाल्दा ती एक्जिट पोलहरूले सार्वजनिक गरे अनुसार नै कंग्रेस आइ बहुमततर्फ अग्रसर देखिएको छ।

मतगणनाको अन्तिम परिणाम आज दिउँसोसम्म आइसक्ने बताइएको छ।

कर्नाटका यस्तो राज्य हो जहाँ सन् १९७० पछि कुनै पनि पार्टीले लगातार दुई वटा चुनावमा बहुमत ल्याउन सकेका छैनन्। कर्नाटका नै यस्तो राज्य हो जहाँ पाँच वर्षअघि पहिलो पटक भारतीय जनता पार्टीले आफ्नो सरकार बनाएको थियो।

हिन्दुत्वको नाराले उत्तरी भारतमा लोकप्रियता कमाएको भाजपा दक्षिणी भारतका अरू राज्यहरूमा भने सरकार बनाउन सकेको छैन।

सन् २०१८ को चुनावपछि सबैभन्दा ठूलो दल बनेपछि भाजपाले कर्नाटकामा आफ्नो नेतृत्वमा सरकार बनाएको थियो। त्यतिबेला कुनै पनि पार्टीको बहुमत आएको थिएन।

भाजपाले २२४ मध्ये १०४ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपाका बासभराज बोम्माई मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu