ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोपबहादुरप्रति इंगित गर्दै बाबुरामले भने– आफू अपराधी छैन भने भाग्नु पर्दैन


एबीसी / संवाददाता
३० बैशाख २०८०, शनिबार   ४ : ५१   बजे

काठमाडौँ, ३० वैशाख । नेपाल समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफू अपराधी छैन भने भाग्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

शनिबार काठमाडौँको नक्सालमा आयोजित भ्रष्टाचारविरूद्धको प्रदर्शनमा सहभागी हुँदै भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुलेको आरोप लागेसँगै नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी फरार छन् । फरार रायमाझीलाई इंगित गर्दै भट्टराईले भने, “आफू अपराधी छैन भने भाग्नुपर्दैन, भागेपछि बेठिक भयो ।”

प्रहरीले खोजी गरिरहेको भए पनि रायमाझी सम्पर्कमा आएका छैनन् । एमालेले उनलाई पार्टी सचिवबाट निलम्बन गरी सकेको छ । यससँगै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि यसै प्रकरणमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन निष्पक्ष गरियोस् र यसमा कुनै ढाकछोप नहोस् भन्दै देशैभर विरोध र प्रदर्शनहरू भएका छन् ।

काठमाडौँको माइतीघरसहित नक्सालमा पनि नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरूद्ध अभियान सुरू गरेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा हालसम्म १२ जना पक्राउ परेका छन् । प्रहरीले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ गरिसकेको छ ।

उक्त घटनका अर्का आरोपित नेकपा (एमाले)का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसरले उनीविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिइसकेको बताइएको छ । उक्त घटनाका पीडितहरूले कुल २३ करोड २५ लाख ठगी भएको जाहेरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu