ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीबाट फुत्केका टोपबहादुर पुन: भारतीय प्रहरीबाट पक्राउ परेपछि भारतमै फरार ?


ABC NEWS
३० बैशाख २०८०, शनिबार   ९ : ३४   बजे

काठमाडौं ३० बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्तकालीन गृहमन्त्री रामबहादुर थापा संगको पुरानो दोस्तीयारीको नाजायज फाइदा उठाएर मानव तस्करीमा संलग्न रहेका एमाले सचिव टोपबहादुर रायमाझी भारतीय प्रहरीले पक्राउ गरेपछि पनि फुत्किन सफल भएका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेलगत्तै नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि गृहजिल्ला अर्घाखांचीबाट भैरहवा आउनेक्रममा पक्राउ परेर पनि प्रहरीलाई चक्मा दिएर भागेका थिए । रायमाझी भागेर भारतको उत्तर प्रदेश अन्तगर्तको गोरखपुर आसपासमा बससेको नेपाल प्रहरीले भारतीय प्रहरीलाई सूचना दिएपछि भारती प्रहरीले उनलाई शुक्रबार अपरान्ह पक्राउ गरेको थियो ।

रायमाझी प्रकाउ गरेर नेपाललाई बुझाउने सहमति अनुसार रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो।

भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो। त्यसपछि रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो। तर भारतीय प्रहरीले रायमाझीलाई शुक्रबारको सट्टा शनिबार विहान बुझाउने भनेपनि अहिलेसम्म नबुझाएको बुझिएको छ ।

प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएको भन्ने भारतीय प्रहरीले नेपाली प्रहरी अधिकारीलाई बताएर निराश पारेको बुझिएको छ । किन टोपवहादुरलाई भारतीय प्रहरीले भगायो भन्नेमा नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग व्रिफिंग गरेको बुझिएको छ ।

पक्राउ परिसकेको भारतीय सुरक्षा धिकारीले निश्चित गरिसकेपछि पनि रायमाझी भागेको भन्नुले झन रहस्यमय भएको छ ।

अहिले रायमाझी भाग्न सफल भएको भनिए पनि उनी चाँडै पक्राउ पर्ने प्रहरीको उच्च स्रोतले दावी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ डा.इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
टोपबहादुर रायमाझी, रामबहादुर थापाका छोरा प्रतिक थापा र इन्द्रजित राईका छोरा पक्राउ परेपछि नक्कली शरणार्थीको सक्कली कथा सार्वजनिक हुने प्रहरीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group