ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट


एबीसी / संवाददाता
३१ बैशाख २०८०, आइतबार   ९ : ०५   बजे

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले गिरोहलाई भेटेको स्वीकार गरेका छन् । मानव बेचबिखन गिरोहसँग खाणले प्रत्यक्ष सम्पर्क रहेको तथ्य खुलेको हो ।

प्रहरीलाई दिएको बयानमा खाणले गिरोहका नाइकेहरूसँग भेट गरेको स्वीकार गरेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको अग्रसरतामा खाण र गिरोहबीच सम्पर्क स्थापित भएको बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले देखाएको हो ।

कान्तिपुर दैनिकमा आज प्रकाशित ‘गिरोहलाई भेटेको खाणको स्वीकारोक्ति’ शीर्षकको समाचारमा यसबारे खुलासा गरिएको छ ।

केशव दुलाललाई मन्त्री खाणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाणले प्रहरीसँग स्वीकारेका छन् ।’ समाचारमा उल्लेख छ ।

पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेपछि उनको बयानको आधारमा पूर्वमन्त्री खाण पनि पक्राउ परेका हुन् । पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाणले पनि मोबाइल फर्म्याट गराएका थिए । पाण्डेको मोबाइलका डाटा रिकभर भइसकेका छन् । खाणको मोबाइल प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले आज सरकारी वकिलको रोहबरमा बयान लिने तयारी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमन्त्री खाणकी पत्नी मञ्जुको नामसमेत जोडिएको छ । खाण गृहमन्त्री हुँदा गृह मन्त्रालयमा रजगज गरेकी आरजुलाई मात्रै बचाउन कांग्रेस संस्थापन पक्ष लागेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म उच्चपदस्थसहित १२ जना पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पक्राउ परिसकेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भए पनि उनी भने हाल फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group