काठमाडौँ ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले तीन दलका शीर्ष नेतृत्वबीच छलफल सुरु भएको जानकारी दिएको छ।
छलफलको विषय भने खुलाइएको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो विहान पनि प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार निवासमा पुगेर भेटेका थिए ।
एमालेले केन्द्रीय कमिटिको बैठकबाट नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर हुने थरी लडाकु शिविरको अनियमितता छानविन गर्नु पर्ने विषयलाई प्रमुख बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका खलपात्र एमाले सचिव टोपबहादुर रायमाझीको रहस्यमा गुप्तवास अझै सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्