ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन


एबीसी न्यूज
३१ बैशाख २०८०, आइतबार   १ : ००   बजे

काठमाडौं, ३१ बैशाख । गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गनुभएको छ । मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।

उहाँले यस गुम्बाको स्थानीय मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताउनुभयो ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले खाडीमा कमाउन जानेलाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने घोषणासमेत गर्नुभयो ।

उक्त गुम्बाको सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा सङ्कलित रु ८० लाख रकमबाट निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा भिक्षु महासङ्घका केन्द्रिय सदस्य भान्ते निराङ्करले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गर्नुभएको थियो । गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माणले सार्थकता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group