काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।आइतबार साँझ रायमाझी पक्राउ परेका हुन् । उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।रायमाझीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । अहिले उनलाई काठमाडौं प्रहरी परिसर ल्याइँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।







प्रतिक्रिया दिनुहोस्