ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने


एबीसी न्यूज
१ जेष्ठ २०८०, सोमबार   ९ : ०१   बजे

काठमाडौँ जेष्ठ १,— मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गरेको छ । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो ।

यससँगै नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध मानिनेछन् । दर्ता नगरेको केही अवधिपछि त्यस्ता फोन नचल्नेसमेत हुन्छन् । अर्थात् मोबाइल नेटवर्क सेवा प्राप्त हुँदैन । ‘पहिला प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार एमडीएमएस प्रणालीको कार्यान्वयन रोकिएको थियो,’ प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र भन्छन्, ‘यसपालि मन्त्रिपरिषद्को पछिल्लो बैठकले यससम्बन्धी समस्या समाधान गरेपछि कार्यान्वयनमा जाने टुंगो भएको हो ।’

प्राधिकरणले यसअघि ०७८ साउन र ०७९ भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । ०७९ पुस १५ बाट भने पूर्ण रूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएको थियो । जनस्तरमै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।

त्यसको करिब चार महिनापछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेक थप एक अर्थात् दुइटा मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाएकी थिइन् । प्राधिकरणको सूचनाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् ।

दुई वटा फोनमा भन्सार शुल्क नलाग्ने सुविधा विदेशबाट फर्किने जोकसैका लागि भने होइन । भन्सार विभागले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना लगातार काम गरेर फर्किएका नेपाली नागरिकले मात्रै दुई थान मोबाइल फोन ल्याउँदा कुनै पनि महसुल तिर्नुपर्दैन । अन्यले भने एकभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याएसरह कर तिर्नुपर्छ । फोनको मूल्यका आधारमा २।५ प्रतिशत अन्तः शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, ०७७ बमोजिम विदेशबाट फर्किनेहरूले आफूले प्रयोग गरिरहेको एक थान मोबाइल फोनबारे भन्सार कार्यालयमा जानकारी गराइरहनु नपर्ने कार्यालयले जनाएको छ । त्यस्तो फोन प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गराउन सक्ने भनिएको छ । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपालीले थप एक थान मोबाइल फोन ल्याउँदा त्यसबारे आफू आएको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्ने भनिएको छ ।

विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंले एमडीएमएसमा दर्ता गर्न राहदानीरनागरिताका साथै आगमन र प्रस्थान छाप देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ । नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल एमडीएमएसमा दर्ता भएरनभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले प्रयोगकर्तालाई अनुरोध गरेको छ । मोबाइल आयातकर्तारबिक्रेताले भने मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्छ । प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै बिक्रीरवितरण गर्न नियामकले निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म २७ हजार थान मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएका छन् । ४० लाख मोबाइल सेटको आईएमईआई नम्बर दर्ता नभएको अनुमान छ । प्रणालीमा दर्ता भएका आईएमईआई नम्बरका आधारमा बनाइएका ह्वाइट, ग्रे र ब्ल्याक लिस्टमध्ये ७९ हजार आईएमईआई ग्रे लिस्टमा रहेको प्राधिकरणका प्रवक्ता मिश्रले बताए ।

ह्वाइट लिस्ट भन्नाले प्रयोग गर्न पाइने वैध फोन हुन् । ब्ल्याक लिस्टमा चोरी भएका, हराएका, अवैध नम्बर राखिन्छन् । ग्रे लिस्टमा उजुरी परेका र छानबिन हुँदै गरेका आईएमईआई नम्बर ९मोबाइल० वर्गीकृत हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group