ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनि न्युजविकले लेख्यो– इन नेपाल, कार्लमार्क्स लिभ्स


एबीसी न्यूज
३ जेष्ठ २०८०, बुधबार   १२ : ५१   बजे

आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गर्दैछ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम छ । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको निधनबाट नेपाली कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोरेको नेताहरू बताउँछन् ।

एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो । जबजलाई एमालेले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा लिएको छ ।

सभामुख देवराज घिमिरेले भण्डारीको निधनबाट कम्युनिस्ट आन्दोलन मात्र नभई मुलुकले नै क्षति व्यहोरेको बताए । छोटो समयमा संसद्मा खेलेको भूमिकाको चर्चा गर्दै उनले भण्डारीको अभाव अहिले पनि खट्किएको बताए । ुभण्डारी अहिले भइदिएको भए मुलुकमा अहिलेको समस्या आउँदैनथ्यो होला, सभामुख घिमिरेले भने ।

भण्डारी छोटो अवधिमा कम्युनिस्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएको नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा सभामुख घिमिरे स्मरण गर्छन् । विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको अभावले गर्दा अहिले राजनीति जसरी विकास हुनुपर्थ्यो, त्यो हुन नसकेको उनको भनाइ छ ।

नेता भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखापरेका छन्, यस्तो स्थिति आउँदैनथ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ । त्यो कुराको महसुस मैले गरेको छु र अन्यले पनि गर्नुभएको होला, सभामुख घिमिरेले भने ।

विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्‍याएका थिए । भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यसअनुरूप लागू गरे ।

भण्डारी आफ्नो समयमा मार्क्सवादलाई कस्तो र कसरी प्रयोग गर्नुपर्छ भन्नेबारेमा मार्क्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद ९जबज०मा परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो,ु सभामुख घिमिरेले भने, मार्क्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्छ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो ।ु

एउटै कमिटीमा रहेर काम गरेका सभामुख घिमिरेले भण्डारी स्पष्ट दृष्टिकोण, सरल व्यवहार र आफ्नो कुरालाई तर्कले पुष्टि गर्न सक्ने नेताका रूपमा परिचित रहेको बताए । भण्डारीले पुष्पलालसँग विद्रोह गरेदेखि नै आफूले सङ्गत गरेको घिमिरेले बताए ।

यसैबीच, मदन–आश्रित स्मृति दिवसका अवसरमा आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोटेश्वरस्थित मदन बाटिकामा हुने कार्यक्रममा सहभागी हुनेछिन् । भण्डारीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज) को नेपालमा आधारस्तम्भ निर्माण गरेका थिए, जुन जबज मार्क्सवादको नेपाली संस्करण थियो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग १५ वर्ष को–अर्डिनेसन केन्द्रको एउटै कमिटीमा रहेर काम गरेको बताए । उनले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले मार्क्सवादलाई नेपालको विशिष्टतामा लागू गरेको उल्लेख गरे।

भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ, पोखरेलले भने, एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।ु एमालेको नीति तथा कार्यक्रम जबजकै आधारमा रहेको उनको भनाइ छ । ुसिद्धान्तलाई सिर्जनशीलतामा लागू गर्ने नेताका रूपमा भण्डारी चिनिनुहुन्छु, नेता पोखरेलले भने, ुभण्डारीले कम्युनिस्ट पार्टीका विचारलाई विशिष्टतामा लागू गर्नुभएको छ ।ु

एमाले नेता मुकुन्द न्यौपानेले भण्डारी र आश्रितको निधनले कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताए । उनले विलक्षण प्रतिभा, सरल व्यवहार, आफ्नो अडान र दृष्टिकोणलाई तर्कसङ्गत रूपमा राख्न सक्ने कहिल्यै नबिर्सने दूरगामी नेताका रूपमा दुवै जना चिनिएको बताए ।

न्यौपानेले २०३४ सालदेखि भण्डारीसँगै काम गरेको स्मरण गर्दै उनी जनताको भावना बुझ्ने नेताका रूपमा परिचित रहेको बताए । दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्योु, न्यौपानेले भने, जननेता सबै हुँदैनन्, उहाँमा जननेता हुने गुण थियो ।

नेता न्यौपानेले मनमोहन अधिकारीले पनि रुचाएको नेता भण्डारी भएको उल्लेख गर्दै अधिकारी र भण्डारीको साङ्गठनिक एकताले नै एमालेले २०४८ सालमा ६९ सिट तथा २०५१ सालको निर्वाचनमा पहिलो पार्टी भएको बताए । उनले जनताको बीचमा गएर सङ्गठन विस्तार गर्ने भण्डारीको कार्यशैलीका कारणले एमाले जनताबीच लोकप्रिय भएको बताए ।

भण्डारीलाई अध्ययनशील, छिटो कुरा बुझ्ने नेताका रूपमा न्यौपाने सम्झन्छन् । उनका अनुसार भण्डारीमा विचारको व्यवस्थापन, सङ्गठन व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनजस्ता गुण थिए । ुउहाँ सधैँ जनताकहाँ जाने, जनतासँग लिने र जनतालाई नै दिनेजस्ता कुरा गर्नुहुन्थ्यो, नेता न्यौपानेले भने । भण्डारीले अघि सारेको जबज सिद्धान्तलाई नेपालको माटो सुहाउँदो परिष्कृत गर्न सके मुलुकको विकास गर्न सकिने धारणा उनले राखे ।

विश्वप्रसिद्ध अमेरिकी म्यागजिन न्युजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमार्क्स लिभ्स’ लेखिएको थियो । न्युजविकका लागि माइकल लिटभिनले मदनको अन्तर्वार्ता लिएका थिए ।

२७ मे, १९९१ मा यो अन्तर्वार्ता छापिएको थियो । यो अन्तर्वार्ता २०४८ को आम निर्वाचनपछि छापिएको थियो । अमेरिकी पत्रिकाले नेपाली नेतालाई कार्ल मार्क्ससँग तुलना गरेर अन्तर्वार्ता छापेपछि यसले ठूलो तरंग ल्याएको थियो ।

२०४६ सालमा भएको नेकपा ९माले०को चौथो महाधिवेशन र २०४७ सालमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई भण्डारी नेकपा (एमाले)को महासचिव बनेका थिए । यस्तै, एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिएका थिए । भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group