ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारीको आदर्शलाई झुक्न दिने छैनौँ : नेता ज्ञवाली


एबीसी / संवाददाता
४ जेष्ठ २०८०, बिहिबार   ५ : ५३   बजे

लेखनाथ, ४ जेठ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्सवादका अभियन्ता मदन भण्डारी र जीवराज आश्रितका आदर्शलाई कमजोर हुन नदिने बताएका छन् ।

नेकपा (एमाले) कास्कीद्वारा पोखरामा आयोजित मदन–आश्रित ३०औँ स्मृति दिवसका अवसरमा नेता ज्ञवालीले भने, “उहाँहरूले कोर्नुभएको बाटोलाई अझ फराकिलो पार्दै जानेछौँ ।”

तीस वर्ष बितिसक्दा पनि चितवनको दासढुंगाको घाउ अझै निको भइनसकेको उनको भनाइ थियो । “राष्ट्रवादी नेता भण्डारीको सम्झना देशमा राजनीतिक संकट पर्दा आउने गर्छ”, नेता ज्ञवालीले भने, “राष्ट्रियताको बलियो आवाज चाहिएकै बेला उदाउनुभएका नेता भण्डारी ४० वर्षकै उमेरमा बित्नुभयो ।”

सार्वजनिक जीवनमा आएको तीन चार वर्षमै जनतामाझ ख्याति कमाएका नेता भण्डारीको निधनले एमालेलाई अपुरणीय क्षति मात्र नभई बलियो अभिभावक गुमाउनु परेको छ भन्दै नेता ज्ञवालीले भने, “एकाधिकार पूँजीवादको अन्त्य गरी राष्ट्रिय पूँजीवादको निर्माणमा उहाँको योगदान महत्त्वपूर्ण छ ।”

एमाले नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वाभिमानका लागि लडेका नेता मदन भण्डारीले देखाएको बाटोबाट पार्टी अगाडि बढ्ने बताए । जनताको बहुदलीय जनवादको प्रतिपादक भण्डारीको हत्याका बारेमा अझै पनि सत्यतथ्य आउन नसक्नु विडम्बना भएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu