काठमाडौँ ५ जेठ : पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सम्पर्कबिहीन बनेकी सांसद मञ्जु खाँण संसदमा देखिएकी छन्।
उनी राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकको सहभागी भएकी हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण वैशाख २७ गते पक्राउ परेलगत्तै मञ्जु सम्पर्कबिहीन थिइन्।
केही सञ्चारमाध्यमहरुले उनी भारत भएर अष्ट्रलिया पुगेको समाचारसमेत प्रकाशन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्