भक्तपुर, १८ माघ । भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेश थापालाई नगद १८ हजार सहित रंगेहात अख्तियार पक्राउ गरेको छ ।
प्रहरी जवान थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । थापाले घुस मागेको सेवाग्राहीले दिएको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई अनुसन्धानका लागी अख्तियारले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्