ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : बाइडेन


एबीसी / संवाददाता
८ जेष्ठ २०८०, सोमबार   ८ : २७   बजे

एजेन्सी, ८ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् ।

गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिए ।

गएको फेब्रुअरीमा वाशिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो ।

जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो ।

‘तपाईं सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ । बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो’, उनले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भने ।

एक अर्कासँग वार्ता गर्ने सन्दर्भमा सबै कुरा परिवर्तन भएको स्वीकार्दै उनले भने, ‘मलाई लाग्छ सम्बन्धमा छिट्टै तरलता (सुधार) आउँछ ।’

अमेरिकी बाइडेन प्रशासनले सैन्य प्रयोगको जोखिमको हवाला दिँदै उन्नत माइक्रोचिप्सको व्यापारलाई लक्षित गरेर चीनलाई पनि चिढ्याएको छ ।

जी–७ का प्रमुख अर्थतन्त्र भएका देशहरूले चीनलाई यस क्षेत्रमा सैन्य गतिविधिबारे चेतावनी दिएको एक दिनपछि राष्ट्रपति बाइडेनले आइतवार ती कदमको बचाउ गरेका छन् ।

उनले भने, ‘दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ र यसै कारण मैले यो स्पष्ट पारेको छु कि हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौँ ।’

उनले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भने, ‘हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौँ, उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन् । तर, यो शत्रुतापूर्ण कार्य होइन । यो त केवल सम्बन्धलाई पूर्ववत् कायम राख्न सक्दो प्रयास गर्ने एउटा कडी हो । हामी यो सुनिश्चित गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group