ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थपिने


एबीसी / संवाददाता
९ जेष्ठ २०८०, मंगलबार   ७ : ११   बजे

काठमाडौँ, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनलाई थुनामा राख्न मंगलबार पुनः म्याद थप गरिने भएको छ । मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतबाट आज अनुमति लिइने छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो । यो प्रकरणमा योजनाकार एवम् बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ र सागर राईलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब ७ वर्ष अगाडिदेखि प्रक्रिया सुरू गरेको थियो । नेपाली नागरिकलाई विदेशी मुलुक (विशेष गरी अमेरिका) पठाउने आश्वासन लिएर रकम असुल गरिएको प्रमाणहरूबाट पुष्टि हुने उनको भनाइ छ ।

यसैबीच, करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसनधान प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गरेको हो ।

उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिलको कार्यालयले ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नुपर्छ । कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेसहितको ८ जनाको टोलीले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउने छ ।

यो प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरकिो राय रहेको उनले बताए । उनका अनुसार संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरूद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

पक्राउ परेका १६ र फरार १६ जनाबाहेकविरूद्ध पनि प्रमाण भेटिएमा मुद्दा चलाउन मिल्ने गरी अभियोजन दर्ता गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu