काठमाडौं, १८ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको जानकारी गराएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा भएका प्रगतिबारे संक्षिप्त जानकारी गरेका प्रचण्डको सचिवालयले जनाएको छ। बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद गठनको कार्यदलको रिपोर्ट पनि अनुमोदन गरेको छ।
प्रतिक्रिया दिनुहोस्