ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा गोली र चक्कु प्रहार गरी तीन जनाको हत्या


एबीसी / संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार   ९ : २१   बजे

एजेन्सी, १२ जेठ । जापानका प्रहरीले गोली र चक्कु प्रहार गरी ४ जनाको हत्या भएपछि एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ परेको व्यक्तिले पहिला एक महिलालाई चक्कु प्रहारको त्यसपछि गोली चलाई दुई जना प्रहरीको हत्या गरेको खुलेको छ । पछि थप एक जना मृत्यु भएको पुष्टि अधिकारीहरूले गरेका थिए ।

स्थानीय मिडियाले पक्राउ परेका संदिग्ध व्यक्ति नकानो सहरका मेयर मसिमिची अकोइका छोरा भएको उल्लेख गरेका छन् । सो घटनापछि गोली चलाउने व्यक्तिले आफैँलाई अकोइको घरभित्र कयौँ घन्टा बन्द गरेर राखेका थिए । प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो ।

जापानमा बन्दुक आतंक निकै दुर्लभ मानिन्छ । पूर्वप्रधानमन्त्री सिन्जो आवेको गत वर्ष गोली हानी हत्या गरिएको थियो । केही महिनाअघि जापानी प्रधानमन्त्री फुमियो किशिदाको हत्या प्रयास भएको थियो । तर, सुरक्षाकर्मीले उनलाई बचाएका थिए ।

पक्राउ परेका व्यक्तिले किन उनीहरूको हत्यो गर्‍यो भन्ने खुलेको छैन । एक महिला र दुई सुरक्षाकर्मीसँगै मारिएको अर्का एक वृद्ध महिलाको मृत्यु कसरी भयो भन्ने पनि खुलेको छैन ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

प्रधानमन्त्रीको ‘अतिक्रमण’ सम्बन्धी अभिव्यक्ति: नेपालभित्र तीव्र विरोध, भारतको कूटनीतिक जवाफ

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group