ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटको मुखैमा एमालेले गैरजिम्मेवार व्यवहार देखायो : माओवादी


ABC NEWS
१२ जेष्ठ २०८०, शुक्रबार   ८ : १७   बजे

काठमाडौं १२ जेठ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले बजेटको मुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा गैरजिम्मेवार व्यवहार गरेको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे एमालेको मागका सम्बन्धमा छलफल भइरहेको बताउँछन् । सकेसम्म संसदलाई सौहार्द बनाउने प्रयासमा आफूहरु रहेको उनको भनाइ छ ।

माओवादीका अर्का सांसद माधव सापकोटा बजेटको मुखमा एमालेले दुई दिन अगाडिको विषय निकालेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको बताए । उनी भन्छन्, ‘प्रमुख प्रतिपक्षीले बजेटको अन्तिम मुखमा जे गरिराखेको छ, बजेट निर्माणको मुखमा आएर प्रमुख प्रतिपक्षीले यस्तो गतिविधि गर्नु गैरसंसदीय र गैरजिम्मेवार व्यवहार हो ।’

जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार लगायतका काण्डहरु भएको उल्लेख गर्दै त्यसैमा थपेका थिए, ‘त्यसबेला पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

सत्तारुढ दलको सांसदले नै पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोपित गरेको भनी एमालेले संसद चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group