काठमाडौँ १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरीबारे प्रतिनिधिसभामा स्पष्ट गर्ने बताएपछि एमालेले ससंसद अवरोध नगर्ने भएको छ । शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको हो ।
बैठकमा सहभागी एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार प्रधानमन्त्री प्रचण्डले जलहरीबारे सदनमै सम्बोधन गर्ने, माओवादी सांसद लेखनाथको दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति बताए । । प्रतिनिधिसभामा सम्बोधनका क्रममा प्रधानमन्त्रीले जलहरीबारे उठेका प्रश्नबारे पनि बोल्ने भएका हुन् । एमालेले अब संसद् अवरोध नगर्ने पनि प्रमुख सचेतक गिरीले जानकारी दिए ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहे पनि माओवादी सांसद लेखनाथ दाहालले बुधबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको सिथयो ।सांसद दाहालले पशुपतिको जलहरी बारे भनेका थिए, ‘उहाँ (केपी ओली) तीन वर्ष सरकारमा रहँदा यती, ओम्नी, स्वास्थ्य सामग्रीमा २ अर्ब भ्रष्टाचार, पशुपतिनाथको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएको, यस्ता सयौं भ्रष्टाचारका काण्ड छन् ।’
प्रतिनिधिसभाको बैठक आज बेलुका ४ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्