ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भ्रष्टाचार नियन्त्रण गर्दा प्रधानमन्त्रीको मुटु नहल्लिएको’ भन्दै रविलाई मुखभरिको जबाफ दिए


ABC NEWS
१३ जेष्ठ २०८०, शनिबार   ८ : २४   बजे

काठमाडौँ १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफू दृढ रहेको भन्दै अन्य सांसदहरूलाई पनि त्यसको पक्षमा दरोसंग उभिन आग्रह गरेका छन् । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न उपाय ल्याएको भन्दै यसमा साथ दिनका लागि प्रधानमन्त्रीले अपिल गरेका थिए ।नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण त्यसमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री र गृहमन्त्रीको मुटु हल्लिएको अभिव्यक्ति दिएका थिए । उनले त्यसका लागि प्रधानमन्त्री र गृहमन्त्रीको मुटु जाँच गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त प्रश्नतर्फ इंगित गर्दै प्रधानमन्त्री दाहालले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको बताउँदै साथ दिन अपील गरेका थिए ।

सांसदहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको शनिबारको बैठकमा सबै क्षेत्रमा देखिएका भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्नका लागि तम्तयार रहेको बताएका हुन् । उनले त्यसमा साथ दिनका लागि सबै राजनीतिक दल र सांसदहरूलाई पनि आग्रह गरेका थिए ।

‘भ्रष्टाचार हामी सबैको साझा शत्रु भएकाले निरोधात्मक, उपचारात्मक र प्रबर्धनात्मक सबै उपायहरू अवलम्बन गरी कडाइका साथ नियन्त्रण गर्नुको कुनै विकल्प छैन । देशभरीका सरकारी र सार्वजनिक चल अचल सम्पत्तिको अभिलेख तयार गरी संरक्षण गर्ने कुरालाई पनि सरकारले विशेष ध्यान दिएको छ,’ प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा कतिपय माननीय सदस्यहरूले सरकारको अझ प्रधानमन्त्रीकै मुटु पनि हल्लिएको हो कि भनेर आशंका गर्नुभयो । म ती माननीय सदस्यहरूलाई विल्कुल आशंका नगर्न बरु सरकारले सुरु गरेको अभियानमा दृढतापूर्वक उभिन अपिल गर्छु ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनामाथि मुद्दा दायर भएको बताउँदै प्रधानमन्त्री दाहालले दोषी कोही नउम्किने र निर्दोष कोही नछुट्ने गरी काम भइरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने बताए । उक्त प्रकरण देशको प्रतिष्ठासँग मात्रै नजोडिएर अन्तर्राष्ट्रिय चासोको विषय पनि भएको बताउँदै राजनीतिक आग्रहभन्दा माथि उठेर सबैले साझा रूपले सही निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group