ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही मानिसबाट गल्ती भयो भन्दैमा गणतन्त्रलाई बदनाम गर्न मिल्दैन ; सञ्चारमन्त्री शर्मा


एबीसी न्यूज
१४ जेष्ठ २०८०, आइतबार   ७ : २४   बजे

काठमान्डौ जेठ १४

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताएकी छन्।

पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोमा उनले असहमति जनाइन्।

गणतन्त्रमा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने अवसर पनि रहेको भन्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकैठाउँ उभिनुपर्ने बताइन्।

गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै शर्माले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन्।

सरकारका प्रवक्ता समेत रहेकी शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउन सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताउदै प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आमनागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य उज्यालो रहेको पनिबताइन्।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिए।

उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए।

सीआईएनसँगै सामुदायिक रेडियोहरूलाई पनि ग्रामीण आवाज स्थापित गर्न सरकारका साथै सबै सरोकारवालाले साथ सहयोग गर्नुपर्ने उनले बताए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिका रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूरदराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबिच सहकार्य गरेर अघि बढ्न सकिने बताए।

सीआईएनको उपलब्धि र वार्षिक गतिविधि प्रस्तुत गर्दै सीआईएनका म्यानेजर दीपक आचार्यले भविष्यमा आइपर्ने सबै खाले चुनौतीको सामना गर्दै समुदायको सञ्चारको अधिकारका पक्षमा काम गर्ने बताए।

अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरु गरेको सीआईएन दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क बनेर समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिए।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group