काठमाडौं । हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न सरकारले कर्णाली करिडोरलाई ९७ करोड रुपैयाँ बजेट छुट्याएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट मार्फत कर्णाली करिडोरलाई झण्डै एक अर्ब रकम बजेट विनियोजन गरेका हुन्।
कर्णाली करिडोर सडक संजालमा जोड्न खुलालु–सलिस्ला सडकखण्ड र हिल्सा–सिमिकोट सडक खण्ड निर्माणका लागि सो रकम विनियोजन गरिएको हो।
चट्टानका कारण हुम्ला जोड्ने सिमिकोट सडक खण्ड ८ किलोमिटर मात्र बन्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्