काठमाडौँ । सरकारले हिंसापीडित महिलालाई पुनर्स्थापना गर्नका लागि भक्तपुरमा एक केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमा हिंसा पीडित महिलाहरूलाई पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना राखिएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले हिंसापीडित महिलाका लागि भक्तपुरमा पुनर्स्थापना केन्द्र स्थापना गरिने योजना रहेको जनाए ।
‘लैंगिक हिंसा पीडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका सेवालाई गुणस्तरीय बनाइनेछ,ु उनले भने, ुहिंसापीडित महिलाको पुनर्स्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मंगला(सहाना पुनर्स्थापना केन्द्र निर्माण गरिनेछ ।’
हिंसापीडित महिलाको लागि कांग्रेसकी पूर्वनेत्री मंगलादेवी सिंह र एमालेकी नेतृ सहाना प्रधानको नाममा पुनर्स्थापना केन्द्र निर्माण गर्ने योजना सरकारले ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्