ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०० रुपौयाँमै कम्पनी खोल्न पाइने, नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने


ABC NEWS
१५ जेष्ठ २०८०, सोमबार   ७ : ०६   बजे

काठमाडौं १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा उद्योग र लगानी प्रवर्द्धनका लागि लोकप्रिय कार्याक्रम अघि सारेको छ । स्वदेशी उद्योगको उत्पादनलाई स्वदेशमै खपत गर्ने, युवा र महिला उद्यमीलाई प्रोत्साहन, आविस्कार र नवप्रर्वतनमा जोड जस्ता कार्यक्रम बजेटमा छन् । एक सय रुपैयाँमै कम्पनी खोल्न पाउनेदेखि उद्योग तथा कम्पनी दर्तामा सूचना प्रविधिको अधिकतम् प्रयोगसम्मका लोकप्रिय कार्यक्रम बजेटमा छन् ।

कोभिड–१९ र आर्थिक संकुचनका कारण धर्मराएको विदेशी लगानी प्रोत्साहन गर्न सरकारले विदेशी लगानीमा थुप्रै सहजीकरणको घोषणा बजेटमा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटअनुसार विदेशी लगानीको न्यूनतम सीमा पुनरवलोकनदेखि सूचना प्रविधि क्षेत्रमा आउने विदेशी लगानीलाई सीमा नलाग्ने व्यवस्था पनि बजेटमा गरिएको छ ।

उत्पादनमूलक उद्योग खोल्नका लागि जग्गाको हदबन्दीसम्बन्धी कानुन संशोधन गर्ने लगायतका उद्योग र लगाानी प्रवर्द्धनमा बजेटले गरेका २० व्यवस्था यस्ता छन् ।

सरकारी कार्यालयमा नेपाली वस्तु उपयोग गर्न ५० करोड विनियोजन ।
कुल पूँजीगत बजेटको एक प्रतिशत रकम नवप्रर्वतन र अनुसन्धानमा खर्च गरिने । सरकारले छुट्टै कोष बनाउने । शिक्षा मन्त्रालयमा छुट्टै इकाइ बन्ने ।
स्टार्टअपलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड ।
नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा कुनै शुल्क नलाग्ने ।
न्यूनतम् एक सय रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्न सकिने ।
अनलाइनबाट पनि कम्पनी दर्ता र खारेजी गर्न सकिने ।
विदेशी लगानीका कम्पानीका कर्मचरीको भिसा सहजीकरण गरिने ।
उद्योग दर्ताको एकल विन्दु सेवा प्रभावकारी बनाइने ।
उत्पादनमूलक उद्योगको सहजीकरणका लागि जग्गाको लिज र हदबन्दी सम्बन्धी कानुन संशोधन गरिने ।
वैदेशिक लगानीको कानुन स्थायी बनाइने ।
वैदेशिक लगानीको न्यूनतम सीमा पुनर्विचार हुने क्षेत्रगत सीमा तोकिने ।
सूचना प्रविधि उद्योगमा लगानीको सीमा हटाइने ।
सूचना प्रविधिको सेवा निर्यात गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न वा सफ्ट वेयर वा प्रोग्राम वा उपकरण खरिद गर्न आम्दानीको १० प्रतिशत विदेशी विनिमय सुविधा ।
विदेशी लगानीको आयालाई पुनः लगानी गर्न स्वीकृति गर्नु नपर्ने ।
विदेशी लगानी भित्र्याउने समयसीमा पुनरवलोकन गरिने ।
यसै वर्ष लगानी सम्मेलन गरिने छ ।
द्रूतमार्ग, जलाशाययुक्त जलविद्युत परियोजनामा विदेशी लगानी भित्र्याइने ।
निजी क्षेत्रले विदेशी वित्तीय संस्थाबाट ऋण पाउन सहजीकरण गरिने । लगानीको वातावरण सुधार गर्न मुलुकको कन्ट्री रेटिङ गरिने ।
लगानीको हेजिङ संस्था तोकी सुविधा दिइने ।
विदेशी लगानाीको सुरक्षा गरिने छ । लभांश फिर्ता सहजीकरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu