ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर घटनामा मारिएका आठ बर्षीय बालक टेकबहादुर साउदको घरमा पुगे रेशम चौधरी


एबीसी न्यूज
१६ जेष्ठ २०८०, मंगलबार   ११ : ४२   बजे

 

 

धनगढी १६ जेठ । रेशम चौधरी र रञ्जिता चौधरी टेकबहादुर साउदको घर पुगेका छन् ।

 

स्व. टेकबहादुर टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक हुन् ।

कारागारबाट रिहा भएर कैलाली पुगे लगत्तै उनीहरू साउदका अभिभावक भेट्न पुगेका हुन् ।

साउदको अभिभावकलाई रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पनि पहल गर्ने बताए ।

चौधरीले घटनाको छानविन गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका हुन् ।

सोमबार राष्ट्रपतिबाट माफी पाएलगत्तै रिहा भएलगत्तै चौधरीले बालक सहित अन्य प्रहरी अधिकारीहरूले पनि न्याय पाउनु पर्ने बताएका थिए ।

त्यसको लागि उच्च स्तरीय आयोग बनाउनु पर्ने उनको माग छ । २०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउद सहित ८ प्रहरीको ज्यान गएको थियो ।

उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनु पर्ने बताउँदै आइरहेका छन् ।

रेशम पत्नी रन्जिता सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री छिन् ।

आज उनले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनु पर्ने बताएकी हुन् ।

रन्जिता सुरुबाटै उनीहरूले न्याय पाउनु पर्ने र टिकापुर घटनाको तथ्य बाहिर आउनु पर्ने बताउँदै आइरहेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group