ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेटफ्लिक्सले बन्द गर्‍यो पासवर्ड सेयरिङ सुविधा


एबीसी न्यूज
१६ जेष्ठ २०८०, मंगलबार   १२ : ००   बजे

काठमाडौं । तपाईंले नेटफ्लिक्स चलाइरहनुभएको छ भने भुक्तानीको लागि आग्रह गरिएका नोटिफिकेसन पक्कै देखिरहनुभएको होला । केही दिनयता विश्व फिल्मको स्ट्रिमिङ-जायन्ट प्लेटफर्मले प्रयोगकर्तालाई यस्तो सन्देश पठाइरहेको छ । पासवर्ड सेयरिङ सुविधा बन्द गर्ने लामो समयदेखिको चर्चालाई अन्ततः नेटफ्लिक्सले कार्यान्वयनमा ल्याएको छ ।

अमेरिका र बेलायतबाट उसले यो नियम कार्यान्वयनमा ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब ती मुलुकमा परिवारबाहेकका व्यक्तिसँग पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अब अन्य मुलुकमा पनि यो नियम कार्यान्वयन हुन लागेको उल्लेख छ ।

नेटफ्लिक्सले मंगलबार अमेरिका र बेलायतका प्रयोगकर्तालाई इमेल गर्दै पासवर्ड सेयरिङ सुविधा बन्द भएको जनाएको छ । घरबाहिर पासवर्ड सेयर गर्नुपरे बेलायतमा मासिक अतिरिक्त ४.९९ डलर र अमेरिकामा ७.९९ डलर तिर्नुबारे सूचित गरेको नेटफ्लिक्सले जनाएको छ । यो कदम ग्राहक वृद्धि गर्ने नेटफ्लिक्सको योजनाको रुपमा हेरिएको छ ।

तर परीक्षण सुरु भइसकेका केही मुलुकका केही प्रयोगकर्ताले चाहिं कम्पनीलाई ठगिरहेको जनाइएको छ । स्पेनमा अतिरिक्त शुल्क ५.९९ युरो तय गरिएपछि उसले त्यो मुलुकमा वर्षको पहिलो तीन महिनामा एक मिलियन भन्दा बढी ग्राहकहरू गुमाएको जनाइएको छ ।

जुन घरको टीभी–मोबाइलमा नेटफ्लिक्स हेरिन्छ अर्थात् जुन आईपी एड्रेसबाट टीभी चलेको हुन्छ, त्यसलाई कम्पनीले ‘परिवार’को रूपमा व्याख्या गरेको छ । डिभाइस र आईपी ठेगाना परिवर्तन भए नेटफ्लिक्स एपमार्फत हाउसहोल्ड रिसेट गर्न सकिन्छ । रिसेटको प्रक्रिया पूरा गरेपछि नेटफ्लिक्सले प्रयोगकर्ताको इमेल वा फोन नम्बरमा भेरिफिकेसन लिंक पठाउँछ । उक्त लिंक खोलेपछि हाउसहोल्ड रिसेट गर्न मिल्छ । यस प्रक्रियामा कम्पनीले कुनै पनि प्रयोगकर्ता वा उनीहरूका डिभाइसको जीपीएस डेटा संकलन नगर्ने स्पष्ट पारेको छ ।

मंगलबार नेटफ्लिक्सले अस्ट्रेलिया, ब्राजिल, फ्रान्स, जर्मनी, मेक्सिको र सिंगापुरलगायत १०३ देशका ग्राहकलाई खाता साझेदारी गर्नेबारे इमेल पठाएको छ । नेटफ्लिक्सले पहिले अनुमान गरेअनुसार १०० मिलियन भन्दा बढी घरपरिवारले पासवर्ड साझेदारी गर्छन् र यो कम्पनीको नियमविरुद्ध छ । ग्राहकको वृद्धिदर सुस्त भइरहेको बेलामा कम्पनीले बढी पैसा कमाउन खोजेको मात्र छैन, स्ट्रिमिङ बजारमा प्रभुत्व कायम राखिरहन चाहन्छ ।

नेटफ्लिक्सका विश्वव्यापी रूपमा २३३ मिलियन सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu