ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा महानगर माहुरीका घार वितरण गर्दै


एबीसी न्यूज
१६ जेष्ठ २०८०, मंगलबार   ३ : १६   बजे
काठमाडौं, १६ जेठ ।  कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो ।
पोखरा–१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रुपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा माहुरीका घार वितरण गर्न लागिएको कृषि महाशाखाप्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कृषकलाई करिब रु एक करोड बराबरको माहुरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उहाँले बताउनुभयो ।
यसैबीच, पोखरा–२० को कार्यालयले ६४ किसानलाई माहुरीको घार वितरण गरेको छ । पोखरा–२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गङ्गाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानलाई माहुरीको घार वितरण गर्नुभएको हो ।
वडाअध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने विश्वास व्यक्त गर्नुभयो ।
कृषि महाशाखाप्रमुख कडरियाले दुई–चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने बताउनुभयो । पोखराको हावापानी सुहाउँदो माहुरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित माहुरी घार वितरणमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बेदिका केसी राति नै छुटिन्, १० बजे सरकारी वकिलको कार्यालयमा हाजिर हुने शर्त

महोत्तरीमा खाना खाँदाखाँदै होटल कर्मचारीको मृत्यु, ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको ज्यान गयो

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu