ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद विकास कोष अरुले बाध्य बनाएको प्रमको भनाई, बचाउ गर्दै अर्थमन्त्री


ABC NEWS
१६ जेष्ठ २०८०, मंगलबार   ४ : ४२   बजे

काठमाडौं १६ जेठ । सांसद विकास कोष योजना नभई गठबन्धनको बाध्यता भएको स्पष्टीकरण दिएका छन् । तर अर्थमन्त्री प्रकाश शरण महतले भने दुरुपयोग नहुने दलिल गरेका छन् । प्रधानमन्त्रीले प्रचण्डले भने – त्यो नगरौं भनेको सबैतिरको दबाबले बाध्य भइयो । तर कार्यविधि बनाएर व्यवस्थित गरिन्छ।

मंगलबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताएका थिए । माओवादीका सांसदहरूलाई बजेटको बचाउ गर्न पनि उनले निर्देशन दिएका थिए ।

‘सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा उपस्थित एक सांसदले बताए । यसका लागि सबैतिरबाट दबाब आएको प्रधानमन्त्रीको भनाइ थियो । तर दबाब कसले दिएको भनी किटान गरेका थिएनन् । तर यसलाई कार्यविधि बनाएर लैजाने उनको भनाइ थियो ।

सोमबार प्रस्तुत भएको बजेटमा सांसद विकास कोषका लागि बजेट छुट्याइएपछि आलोचना भइरहँदा यसबारे प्रधानमन्त्री दाहालले आफ्नो प्रतिक्रिया दिएका हुन् ।

ती सांसदका अनुसार प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणको क्रममा सरकार ढले पनि आफूले सम्झौता नगर्ने बताएका थिए भने अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च वृद्धिको लागि सांदस विकास कोष ब्यूँत्याएको स्पष्टिकरण दिएका छन्। उनले यो विकास पूर्वाधार कार्यक्रम रहेको र यसले पुँजिगत विकासमा योगदान दिने उनको भनाई छ।

सिंहदरबास्थित मन्त्रालयमा मंगलबार पोष्ट बजेटको छलफलका क्रममा अर्थमन्त्री डा. महतले सो कुरा बताएका हुन्।

‘यो सांसद विकास कोष होइन, संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसदहरूलाई कुनै आयोजना सिफारिस नै गर्न नपाउने भन्नु भएन,’ अर्थमन्त्री डा। महतले भने, ‘त्यहाँका आवश्यकता त्यहीका जनप्रतिनिधिलाई थाहा हुने हुनाले सिफारिस गर्न पाउने मात्र व्यवस्था गरिएको हो।’

उनका अनुसार ५ करोड रुपैयाँ संघीय सरकारले देख्न नसकको तर संसदले देखेका योजना कार्यक्रममा खर्च हुने हो।

यो व्यवस्था अरू देशमा समेत रहेको उनको तर्क छ।

यस कार्यक्रमको कुनै हालतमा बजेट दुरुपयोग नुहने बताए। एक करोड माथिका मात्रै आयोजनामा पैसा खर्च गर्नुपर्ने भएकाले त्यो उपभोक्ता समितिमार्फत गर्न नमिल्ले समेत उनले स्पष्ट पारे।

‘देशभर १६५ निर्वाचन क्षेत्रहरु छन्। सरकारले बजेट छुट्याउँदा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ। अरु खर्च पनि निश्चित क्षेत्रमा नै खर्च गर्नुपर्छ,’ अर्थमन्त्री डा। महतले भने, ‘कतिपय ठाउँहरु छुटिराखेका हुन्छन्। १६५ निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो। यो संसदीय विकास कोषमा संसदहरुको भुमिका सिफारिस मात्रै हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group