ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ प्रचण्डको उपस्थितिमा प्रधानमन्त्रत्री मोदीले गरेको सम्बोधन (पूर्णपाठ)


ABC NEWS
१८ जेष्ठ २०८०, बिहिबार   ३ : ३३   बजे

महामहिम प्रधानमन्त्री प्रचण्ड जी,
दुवै डेलिगेसनका सदस्यहरू,
सञ्चारमाध्यमका साथीहरू
सबैलाई नमस्कार ।

सबैभन्दा पहिले म नेपालका प्रधानमन्त्री प्रचण्ड ज्यू र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरूलाई भारतमा हार्दिक स्वागत गर्दछु । मलाई अहिले पनि राम्ररी याद छ, नौ वर्षअघि सन् २०१४ मा आफ्नो कार्यभार समालेको तीन महिनाभित्रै मैले पहिलो पटक नेपालको यात्रा गरेको थिएँ ।

त्यति बेला मैले भारत र नेपालबीचको सम्बन्धको बारेमा एउटा ‘हिट (एचआईटी) फर्मुला’ दिएको थिएँ, हाइवेस, आईवेस र ट्रान्सवेस । त्यति बेला मैले भनेको थिएँ, भारत र नेपालबीच यस्तो सम्पर्क स्थापित गर्नेछौँ जसले हाम्रा सीमाहरू कुनै पनि हालतमा हाम्रो बाधक नबनुन् ।

त्यति बेला मेरो चाहना थियो, ट्याङ्करहरूको सट्टा पाइप लाइनबाट पेट्रोलियम पदार्थको निर्यात गर्नुपर्छ, साझा नदीहरूमाथि पुल बनाउनुपर्छ र नेपालबाट भारतमा बिजुली निर्यात गर्न सुविधा विस्तार गर्नुपर्छ । साथीहरू, आज नौ वर्षपछि मलाई भन्दा खुसी लागिरहेको छ कि वास्तवमै हाम्रो मित्रता निकै ‘हिट’ छ ।

पछिल्लो नौ वर्षको अवधिमा हामीले अनेकौँ क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरिसकेका छौँ । वीरगञ्जमा नेपालकै पहिलो आईपीसी बनाइएको छ । भारत र नेपालबीच पहिलो पटक क्रस बोर्डर पेट्रोलियम पाइप लाइन बनाइएको छ । हामीबीच पहिलो पटक ब्रोडगेज रेल लाइन स्थापित गरिएको छ । सीमामा नयाँ ट्रान्समिसन लाइनको निर्माण गरिएको छ ।

यसैगरी हामी ९भारत० ले नेपालबाट चार सय ५० मेगावाट बिजुली आयात गरिरहेका छौँ । अहिले हामीले पछिल्लो नौ वर्षमा हासिल गरेका उपलब्धिहरूलाई गन्न थाल्यौँ भने पूरा दिन नै लाग्न सक्छ । साथीहरू, आज पनि मैले र प्रधानमन्त्री प्रचण्डज्यूले भविष्यमा आफ्नो मित्रतापूर्ण सम्बन्धलाई ‘सुपर हिट’ बनाउनका लागि थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेका छौँ ।

आज ‘ट्रान्जिट एग्रिमेन्ट’ सम्पन्न भएको छ । यसमा नेपाली जनताका लागि नयाँ रेल्वे रुटसँगै भारतको इनल्यान्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको छ । हामीले नयाँ रेल लिंक्स स्थापना गरेर फिजिकल कनेक्टिभिटिलाई बढाउने निर्णय लिएका छौँ । यसका साथै हामीले भारतीय रेल संस्थानमा नेपालका रेलकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्ने निर्णय पनि लिएका छौँ ।

नेपालको सुदूरपश्चिम क्षेत्रबाट केनेक्टिभिटिलाई बढावा दिनका लागि शिर्षा र झुलाघाटमा दुईवटा थप पुल बनाइने छ । क्रस बोर्डर डिजिटल पेमेन्टको माध्यमबाट आर्थिक सम्बन्धमा व्यवस्था गरिएका प्रावधानहरूको पनि हामी स्वागत गर्दछौँ । यसको प्रत्यक्ष लाभ हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थ यात्रीसँगै स्वास्थ्य उपचारका लागि भारत आउने बिरामीहरूलाई पनि पुग्नेछ ।

तीनवटा आईपीसीको निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ । अघिल्लो वर्षमा हामीले ऊर्जाको क्षेत्रमा सहयोगका लागि एउटा बलियो जग तयार पारेका थियौँ । त्यसैलाई अगाडि बढाउँदै आज हामीले भारत र नेपालका बीच ‘लङ टर्म पावर ट्रेड एग्रिमेन्ट’ सम्पन्न गरेका छौँ । यसअन्तर्गत हामीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेका छौँ । फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजनाको विषयमा भएको सम्झौताले विद्युत क्षेत्रको सहयोगमा थप बल पुगेको छ । मोतिहारी—अमलेखगंज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो पाइप लाइनलाई चितवनसम्म विस्तार गर्ने निर्णय पनि लिएका छौँ ।

यसका अतिरिक्त सिलिगुडीबाट पूर्वी नेपालको झापासम्म एउटा अर्को नयाँ पाइपलाइन बनाउने निर्णय पनि गरेका छौँ । यसका साथै चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइने छ । नेपालमा एउटा नयाँ मल कारखाना स्थापना गर्नका लागि आपसी सहयोग गर्ने विषयमा पनि हामीबीच सहमति भएको छ ।

साथीहरू, भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो छ । यो सम्बन्ध निकै बलियो पनि छ । यो सुन्दर कडीलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्ड ज्यू र मैले रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउने सहमति पनि गरेका छौँ । हाम्रो आपसी सम्बन्धलाई हिमालभन्दा पनि उचाइमा पुर्‍याउन निरन्तर प्रयास गरिरहने छौँ । यही भावनाले हामी सबै मुद्दाको समाधान खोज्ने छौँ । चाहे त्यो सीमाको मुद्दा होस् वा अन्य कुनै विषयको मुद्दा नै किन नहोस् ।

महामहिम प्रधानमन्त्री प्रचण्ड ज्यू, तपाई भोलि इन्दौर र धार्मिक सहर उज्जैनको यात्रा गर्दै हुनुहुन्छ । मलाई विश्वास छ कि तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ । पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यो यात्रामा तपाईँलाई आध्यात्मिक अनुभूति पनि हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group