ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुल्यो


एबीसी न्यूज
१८ जेष्ठ २०८०, बिहिबार   ३ : ५९   बजे

काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका समकक्षी नरेन्द्र मोदीबीच भएको विभिन्न समझदारीमध्ये सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

त्यस्तै, भारतको आन्तरिक जलमार्गमा रहेका तीन वटा टर्मिनलसम्म नेपालले पहुँच पाएको सैंजुले बताए । यस्तै भारतले निर्माण गरिरहेको बनारस, साहीवगञ्ज र कालुघाटस्थित आन्तरिक जलमार्ग टर्मिनल भएर नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने सैंजुले बताए ।

बनारस जलमार्ग भएर वीरगञ्ज र भैरहवा नाकासम्म, साहीवगञ्ज जलमार्गबाट विराटनगर र कालुघाट जलमार्ग भएर नेपालगञ्ज नाकासम्म विद्युतीय ट्र्याकिङ गरेर कन्टेनरमार्फत मालवस्तु आयात निर्यात गर्न सकिने छ ।

साहीवगञ्ज जलमार्गसँग नेपालको पहुँचले भारतीय जलमार्ग भएर भएर सप्तकोशी नदीसम्म पानी जहाज चलाउनसमेत पहुँच विस्तार भएको वाणिज्य विज्ञ रविशंकर सैंजुले बताए । त्यसका लागि नेपालले आन्तरिक जलमार्ग भने तयार गर्नु पर्नेछ ।

सन्धि पुनरवलोकन हस्ताक्षरपछि अब नेपालले भारतको विशाखापटनम् बन्दरगाहबाट विराटनगर र भैरहवा नाकासम्म बल्क कार्गो ल्याउने बाटो खुल्नेछ ।

‘सन्धि पुनरवलोकनमा हस्ताक्षर नेपालको पारवहन पहुँचमा निकै महत्वपूर्ण छ,’ सैंजुले भने, ‘अब हामीले बिशाखापटनबाट दुई नाकाका लागि बल्क कार्गो र तीन जलमार्गका लागि पहुँच पाएका छौं । यसले नेपालसम्मै पानी जहाज चलाउन पनि बाटो खुला गर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group