ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार   १ : ०९   बजे

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन्। भारतको चार दिने भ्रमणमा रहेका उनले शुक्रबार दिल्लीमा नेपालका सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्। ‘दुई देशबीच रहेको सीमा समस्याबारेमा यस पटक अलिक गम्भीर कुरा भएको छ। भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ।

त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन्’, उनले भने, ‘हामीले भारतीय पक्षसँग छलफल गर्दा विभित्र विकल्पमा कुरा भएको छ। एउटा त बंगलादेशको जस्तै विकल्प छ। बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे। एउटा त्यो मोडेल हुन सक्छ।’ प्रचण्डले नेपाली विज्ञहरुले यदि भारतले कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताए। ‘अर्को चाहिँ बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ। त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि हो’, उनले भने, ‘त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ। हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ।

नेपालमा विज्ञहरूले त्यतापट्टी (पूर्वी नाका) पाउने हो भने पनि ठीकै छ भनेका छन्, त्यो पनि विकल्प हुन सक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन्।’ प्रचण्डले यसअघि नेपालको दाबीबारे इन्कार गर्दै आएको भारतले यस पटकदेखि कालापानीबारे सोच्न थालेको बताएका छन्। ‘कालापानीबारे विकल्पहरू सोच्न सुरू भएको छ हिजोबाट। विकल्पबारे सोच्न सुरू हुनु नै ब्रेक थ्रु हो। त्यसैले गर्दा त मोदीजी बोल्नु भयो आफैँले यो हल गर्नु पर्छ भनेर’, उनले भने, ‘प्रधानमन्त्री मोदीजीमा पनि यो र्‍यासनल नै हो, यसलाई राखिरह्यो भने नेपाल–भारत सम्बन्ध कहिले पनि सुध्रिने भएन भन्ने परेको छ।

जहिले पनि लिपुलेक, कालापानी भन्यो अनि त्यसैमा अल्झिरहने भयो।’ पश्चिमी क्षेत्रको सीमा समस्या हल गर्न सकेमा अरु विषयमा अघि बढ्न सकिने पनि उनले बताए। ‘यसलाई हल गर्यो भने अरू इकोनोमिक, कल्चरल सम्बन्ध त छँदैछ हामीबीच’, उनले भने, ‘यसकारण हिजोबाट विकल्पहरू के के हुन सक्छन् त भन्नेमा गइसक्यो। अथवा त्यहीँ (कालापानी) पनि केही गर्न सकिन्छ त भन्ने पनि छँदैछ। हिजोबाट बाउन्ड्रीबारे सकारात्मक, कन्सट्रक्टिभ डिबेक्ट सुरू भयो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group