ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई महारष्ट्रका मुख्य मन्त्री चौहानले स्वागत गर्दै भने – हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै


एबीसी न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार   १ : ३४   बजे

 

काठमाडौं १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारतको मध्य प्रदेश राज्य पुगेका छन्।

उनी भ्रमण टोलीसहित नयाँदिल्लीबाट जहाजमा इन्दौर उत्रिए। त्यहाँ उनलाई मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे।

इन्दौरमा अवतरणपछि प्रचण्डको टोली सडकमार्ग हुँदै उज्जैन पुगेको छ। जहाँ प्रचण्डले बाबा महाकालको मन्दिरमा नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष चढाएका छन्।

प्रचण्डको स्वागतपछि नेपाली ढाका टोपीमा सजिएका मु्ख्यमन्त्री चौहानले नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको चर्चा गरेका छन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई देवी अहिल्याको पवित्र नगर र भारतको सबेभन्दा स्वच्छ शहर इन्दौरमा हृदयबाटै स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्। हाम्रो समृद्ध इतिहास रहिआएको छ’, उनले भनेका छन्, ‘कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ।’

उनले बाबा पशुपतिनाथको नगरी काठमाडौंदेखि बाबा महाकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि बताएका छन्।

‘मध्यप्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्र राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा’, उनले भनेका छन्, ‘आज हामीले मध्यप्रदेशको गौरवशाली परम्पराका रुपमा माननीय प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका छौँ।’

मुख्यमन्त्री चौहानले बाबा महाकालको दर्शन गरेर नेपालका जनताको कल्याण र विकासको आशीर्वाद लिन पनि प्रचण्डलाई भनेका छन्। ‘म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन्।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu