ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराईमा कम्तीमा पाँच दिन लू चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह


ABC NEWS
१९ जेष्ठ २०८०, शुक्रबार   ६ : ००   बजे

काठमाडौं १९ जेठ । तराईका अधिकांश भूभागमा कम्तीमा पाँच दिन अत्यधिक गर्मी हुने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार विशेष बुलेटिन जारी गरेर तराईका अधिकांश स्थानमा पाँच दिनसम्म तातो हावा तथा लू ९हिट वेभ० को सम्भावना रहेको बताएको हो। विभागले सिङ्गो मधेश प्रदेश तथा बागमती, लुम्बिनी र कोशी प्रदेशका तराईका कतिपय क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ।

अर्थात्, यी स्थानमा तातो हावा एवं लूबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ। यस बाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन भनिएको छ।

भित्री मधेशका क्षेत्रमा पनि सम्भावित अत्यधिक गर्मीबाट जोगिन सचेत रहन आग्रह गरिएको छ। विभागले पहाडका उपत्यका र खोचमा पनि तापक्रम क्रमशः बढ्ने आकलन गरेको छ।

मौसम विज्ञान विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंडडुल नगर्न, हलुका लुगा लगाउन, घरबाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ। तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, वान्ता हुने लगायत जोखिम निम्तन सक्छ।

पानी पर्न रोकिएसँगै पछिल्ला दिनमा देशभरिको अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। विभागका अनुसार देशका तराई र आसपासका क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ। मनसुनी वर्षा शुरू नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu