ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डले चीनलाई जुलाई अन्तिम वा अगस्ट पहिलो साता भ्रमणको व्यवस्था मिलाउन सन्देश पठाए


ABC NEWS
१९ जेष्ठ २०८०, शुक्रबार   ६ : २८   बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन्।
तर चिनिया दूतावास स्रोतले भने जुलाई अन्तिम साता सजिलो हुने भन्दै कथं प्रचण्डको जुलाई अन्तिम साता समय नमिलेमा सेप्टेम्वरमा मात्र भ्रमण हुने खबर पठाएको बताएको छ ।

गत जेठ ५ देखि १८ सम्म चीनको भ्रमणमा रहेको पार्टी प्रतिनिधिमण्डको टोलीमार्फत प्रचण्डले सो सन्देश चीन पठाएका हुन्।

माओवादी उपाध्यक्ष समेत रहेका पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे सन्देश चीनसमक्ष पुर्‍याएको हो।

बिहीबार साँझ नेपाल आइपुगेको सो टोलीको भ्रमणबारे जानकारी दिँदै शुक्रबार उपाध्यक्ष सापकोटाले चीन भ्रमणको सन्देशबारे जानकारी गराएका हुन्।

गत जेठ ५ देखि १८ गतेसम्म भएको चीन भ्रमणबारे जानकारी गराउँदै माओवादी केन्द्रको प्रतिनिधि मण्डल। तस्बिर स् अग्नि सापकोटाको सचिवालय
गत जेठ ५ देखि १८ गतेसम्म भएको चीन भ्रमणबारे जानकारी गराउँदै माओवादी केन्द्रको प्रतिनिधि मण्डल। तस्बिर स् अग्नि सापकोटाको सचिवालय
‘भ्रमणअघि सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थिएँ। के सन्देश छ तरु भनेर सोधे भने के भनौं भनेर सोधेको पनि थिएँ,’ सापकोटाले अघि भने, ‘उहाँले जुलाईको अन्तिम वा अगस्टको फस्टमा चीनको भ्रमण सम्भावना छ भनेर भन्नु भन्नुभएको थियो।’

साथै, बीआरआई अन्तर्गत केही योजना अनुदानमा उपलब्ध गराउन पनि चीनमसक्ष आग्रह गरिएको सापकोटाले बताए।

‘दोस्रो, बीआरआई अन्तर्गत सस्तो ब्याजमा ऋण भनेको छ। केही योजना अनुदानमा भएदेखि हामीलाई आर्थिक विकास गर्न सजिलो हुन्छ भन्नुभएको थियो। त्यही कुरा राखियो,’ सापकोटाले भने, ‘उहाँहरुले हुन्छ भन्नुभयो। वान टू वान कुरा गर्दा पनि मन्त्रीहरुले माथि कुरा राख्छौं भन्नुभएको छ।’

साथै, नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले जानकारी गराए।

गत जेठ ५ गते चीन प्रस्थान गरेको २० सदस्यीय टोली शुक्रबार नेपाल फर्किएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu