ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षे अभियानमा एमाले, कार्यविभाजन हेरफर, बरिष्ठतालाई आधार बनाएको तर्क


एबीसी न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार   ९ : ३०   बजे

 

काठमाडौं १९ जेठ । चुनाव लगत्तै दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको नेकपा एमालेले उस्तै खालको एक वर्षे अभियान सुरु गर्ने भएको छ । वैशाख अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले पार्टी संगठनको सुदृढीकरण र सामाजिक जागरणका निम्ति एक वर्षे अभियान चलाउने निर्णय गरेको थियो ।

त्यही निर्णयलाई आधार मानेर शुक्रबार बसेको सचिवालय बैठकले अभियानको खाका तयार पारेको छ ।

‘एक वर्षसम्म गरिने काम र त्यसको जिम्मेवारी टुंग्याएका छौं । यो एक वर्षे अभियानले पार्टीलाई थप गतिशील बनाउनेछ, उचाइमा लैजानेछ’, सचिव योगेश भट्टराई भन्छन् ।

अभियानको थालनि एमालेले नेताहरुको जिम्मेवारी हेरफेरबाट सुरु गरेको छ । २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि तोकिएको नेताहरुको जिम्मेवारी शुक्रबारको सचिवालयले हेरफेर गरेको हो ।

‘केही नेताहरु बाहेक सबैको जिम्मेवारी फेरिएको छ । त्यसरी जिम्मेवारी हेरफेर गर्दा फरक भूगोल र क्षेत्रमा पठाउने निर्णय भएको छ’, सचिव पद्या अर्याल भन्छिन् । जिम्मेवारी हेरफेर गर्दा एमालेले नेताहरुको वरीयतालाई ध्यान दिएको उनी बताउँछन् ।

जसअनुसार, उपाध्यक्षहरुले विभागको संयोजन गर्ने जिम्मेवारी पाएका छन् । ३२ विभागको संयोजन गर्ने जिम्मेवारी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष गरी सात जनालाई दिइएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले योजना तथा नीति सम्बन्धी विभागको संयोजन गर्नेछन् ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पूर्वाधार र विकास, रामबहादुर थापालाई कृषि तथा उद्यमशिलता, अष्टलक्ष्मी शाक्यलाई सामाजिक विकास, युवराज ज्ञवालीलाई मानव स्रोत, सुवास नेम्वाङलाई सुशासन र सेवा प्रवाह र विष्णुप्रसाद पौडेललाई संगठन प्रशिक्षण र प्रचार सम्बन्धी विभागको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले विभागमा सहइन्चार्ज नराख्ने निर्णय गरेको सचिव भट्टराईले बताए ।

भूगोलको इन्चार्ज सचिवहरुलाई बनाइएको छ । सचिवालयले रघुवीर महासेठलाई कोशी, योगेश भट्टराईलाई मधेश, गोकर्ण बिष्टलाई गण्डकी, पद्या अर्याललाई लुम्बिनी, लेखराज भट्टलाई कर्णाली र छबिलाल विश्वकर्मालाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन् ।

सात सचिवमध्ये टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाले बागमती प्रदेशको संयोजन केन्द्रीय कार्यालयबाटै गर्ने एमालेले निर्णय गरेको छ ।

जिल्ला इन्चार्जको जिम्मेवारी स्थायी कमिटी र प्रदेश कमिटीका नेताहरुलाई दिइएको छ । केन्द्रीय सदस्यहरुले भने स्थानीय तहको जिम्मेवारी पाउँदैछन् । जिम्मेवारी हेरफेर गर्दा संसदीय मामिला प्रमुख पृथ्वीसुब्बा, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, प्रचार प्रमुख राजेन्द्र गौतम र शहरी विकास प्रमुखमा खगराज अधिकारी तोकिएका छन् ।

यसरी जिम्मेवारी हेरफेर गर्नुको उद्देश्य एक वर्षे अभियानलाई सफल बनाउनु रहेको सचिव भट्टराई बताउँछन् । ‘हामी फरक भूगोल र क्षेत्रको जिम्मेवारी लिएर जाँदैछौं । यसले देश र जनता बुझ्ने अवसर मिल्नेछ भने संगठनलाई गतिशील बनाउनेछ’, उनी भन्छन् ।

गत १० वैशाखमा सम्पन्न मिसन ग्रासरुट अभियानले कमिटी जम्बो बनेको, पार्टी सदस्यहरुले सक्रिय नरहेको, अराजकता बढेको, पार्टीमा युवा पंक्तिको आकर्षण कम देखिएको लगायत निष्कर्ष निकालेको थियो ।

त्यही समस्या हल गर्न क्षेत्रमा नेताहरु परिचालन गरेर एक वर्षसम्म अभियान चलाउन एमालेले शुक्रबार नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । यो अभियानमा एमालेले मुख्यगरी दुई काम गर्ने योजना बनाएको छ, संगठन र प्रशिक्षण ।

‘एक वर्षसम्म प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडासम्म अधिवेशन हुन्छ । सँगै, प्रशिक्षण र जनसवालका विषय उठाइन्छ’, सचिव भट्टराई भन्छन् । अहिले रहेको जम्बो कमिटीलाई चुस्त बनाउन एमालेले आन्तरिक प्रतिस्पर्धाको विधि अपनाइने नेताहरुले बताएका छन् । सँगै, कार्यालय व्यवस्थापन, संसदीय भूमिका प्रभावकारी बनाउने र सडक संघर्षलाई पनि सशक्त बनाउने काम यो एक वर्षमा हुनेछ ।

यसबाहेक एमालेले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षे कार्यक्रम मनाउन नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । जसअन्तर्गत वरिष्ठ उपाध्यक्ष पोखरेलले इतिहास लेखनको संयोजन गर्नेछन् ।

महासचिव शंकर पोखरेलले लोकतन्त्र र रुपान्तरणको व्यवस्थित अभिलेख राख्ने कामको संयोजन गर्नेछन् भने पार्टी निर्माणका क्रममा लिइएको सेल्टरबारे पुस्तकको संयोजन उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नेछन् । सिहारामा मदन भण्डारीको स्मारक बनाउने उपमहासचिव विष्णुप्रसाद रिमालले संयोजन गर्नेछन् भने २०८० को अन्त्यतिर कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाको संयोजन उपमहासचिव ज्ञवालीले गर्नेछन् ।

न्यौपानेसहित १७ जना केन्द्रीय सदस्यमा मनोनीत

एमालेले १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार भएको सचिवालय बैठकले मुकुन्द्र न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगलीलगायतलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, ईकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group