ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्य – अध्यक्ष ओली


एबीसी न्यूज
२२ जेष्ठ २०८०, सोमबार   ४ : ४३   बजे

काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठ्नु दुर्भाग्य भएको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताएका हुन्।

‘बंगलादेश जाने बाटोसँग लिपुलेक–लिम्पियाधुरा सट्टापट्टा गर्न सकिने कुराले देश तरंगित छ। सश्वर आएको छ,’ उनले भने, ‘बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो।’बंगलादेशको बन्दरगाहसम्म पुग्ने कुरा पहिले नै टुंगिसकेको उनका भनाइ थियो।

‘यो कुरा पहिले नै टुंगिएर बंगलादेश, भुटान, भारत, नेपाल यी चार देशको संगठन जस्तो बिभिआइएन बनेको थियो। ढुवानी र आवागमनका लागि सहमतिहरू पनि भए। कार्यान्वयनका बेला भुटान पछि हट्यो। पछि बिआइएनमात्रै भन्न थालियो,’ उनले भने।बंगलादेशसम्म आवतजावत गर्नेगरी बस सेवासमेत उद्घाटन भइसकेको ओलीले बताए। ‘त्यसकारण यो नयाँ होइन। बंगलादेशसम्म जानका लागि आफ्नो जमिन दिनुपर्छ भन्ने कुरा प्रचलनमा नभएको कुरा हो।

बंगलादेशमात्रै होइन, अफगानिस्तान जाने बाटो पाउने कि नपाउने ? पाकिस्तान जान अमृतसरतिरबाट बाटो पाएका छौं त, त्यसकारण यो बंगलादेशमा जाने बाटोका लागि भनेर उच्चारण हुनु नै गलत हो,’ उनले बताए। हुनै नसक्ने विषय नेपालको तर्फबाट भारत भ्रमणका बेला कमजोर ढंगले उठेको उनको टिप्पणी थियो।एमाले अध्यक्ष ओलीले बंगलादेश मोडलमा भूमि लेनदेन नभएको पनि बताए। आ–आफ्नो जमिनमा फर्किएर समाधान गरिएको उनको तर्क थियो।
‘कुनै पनि देशको सरकारलाई आफ्नो जमिन अर्कालाई दिने अधिकार हुँदैन, संविधानमा हुन सक्ने कुरा होइन, कहीँको संविधानमा पनि यस्तो हुँदैन, यस्तो कुरा उठ्नु दुर्भाग्य हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाद्वारा इरानमाथि जवाफी प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu