ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरण : पहिलो जाहेरीकर्ता बुढाथोकीविरुद्ध नै दाङमा ठगी मुद्दा


एबीसी न्यूज
२४ जेष्ठ २०८०, बुधबार   ११ : ०२   बजे

काठमाडौं, २४ जेठ । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीमा पहिलो जाहेरी दिने गजेन्द्र बुढाथोकीविरुद्ध दाङका ठगी मुद्दा चलिरहेका खुलासा भएको छ ।

आफूले जम्मा गरेको ९ करोड ७८ लाख रुपैयाँ लिएर काम नगरेको भन्दै प्रहरीलाई ठगीको उजुरी दिएका उनीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ बिगो माग दाबीसहित ठगी मुद्दा चलेको हो ।मंगलबार जिल्ला अदालतमा चलिरहेको बहसका क्रममा जाहेरीकर्ताहरुको तर्फबाट बहस गर्दै अधिवक्ता दिपकराज रेग्मीले उजुरी दिएका पीडितविरुद्ध नै जिल्ला अदालतमा ठगी मुद्दा चलेको बताए ।‘दाङका रामकुमार रेग्मीले अमेरिका जान पाउने भएपछि रकम दिए, उनको कुरा सुनेपछि विश्वासमा परेका परिवारका सबै सदस्यले रकम बुझाए, अनि आफन्तले समेत गजेन्द्र बुढाथोकीलाई पैसा बुझाए,’ उनले भने, ‘यहाँ ठगीको बारेमा सुरुमा जाहेरी दिने दाङका गजेन्द्र बुढाथोकी हुन्, उनैविरुद्ध गत फागुनमा जिल्ला अदालत दाङमा ठगी मुद्दा चलिरहेको छ । त्यो मिसिल झिकाइ पाँऊ ।’

जाहेरीमा दाङकै राजु केसी लगायतले आफू लगायतलाई अमेरिका पठाइदिन्छु भनी पटकपटक रकम लिएको विवरण खुलाएका छन् । उनीहरुले विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको र पछि अमेरिका नपठाएपछि खोजतलास गर्दा गजेन्द्र सम्पर्कबिहीन भएको दाबी गरेका छन् ।

जाहेरीमा भनिएको छ, ‘अमेरिका पठाइदिन्छु भनी हामीबाट नगद पैसा लिइ झुक्याइ धोका दिइ बेइमानी गरी ठगी गर्ने बुढाथोकीलाई हदैसम्मको कारवाही गरी उल्लेखित रुपैयाँ दिलाइ भराइ पाउँ ।’‘गृह मन्त्रालयका सचिव हौं भने, १५ लाख बुझेर गए’

रकम बुझाएकामध्ये एक राजन अधिकारीका अनुसार, दाङ घर भएका बुढाथोकी १८/२० वर्षदेखि अमेरिकामा थिए । उनको घरमा ज्योती विकास बैंक भाडामा रहेको छ ।बैंकले समेत गजेन्द्रसँग सम्पर्क नभएकाले उनकी श्रीमतीको खातामा भाडा पठाउने गरेको खुलेको भन्दै जाहेरीमा सात जनाबाट लिएको रकम फिर्ता गर्न माग छ । उनीहरुले एक करोड ४९ लाख रुपैयाँ फिर्ता हुनुपर्ने माग गरेका थिए ।मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले बुढाथोकीलाई भेट्न सकेन । अनि फरार देखिएको भन्दै ३० फागुन २०७९ मा जिल्ला अदालत, दाङमा ठगी मुद्दा चलायो ।बुढाथोकी अदालतमा पेस भएका छैनन, अदालतले भने प्रमाण बुझ्ने आदेशमात्रै गरेको छ, मुद्दा अघि बढेको छैन ।नक्कली शरणार्थी प्रकरणवारे बुढाथोकीले १८ जेठ २०७९ मा जिल्ला प्रहरी परिसर, काठमाडौंमा ४८ पेजको कागजातसहित जाहेरी दिएको देखिन्छ ।जिल्ला अदालत, काठमाडौंमा पेस भएको अभियोगपत्रमा उनले आफू र चिनजानका ६१ जनाबाट सन्देश शर्माले ९ लाख ७८ हजार रुपैयाँ उठाएको उल्लेख गरेका छन् ।

उनले जाहेरीमा भनेका छन्, ‘सन्देश शर्माले श्रम, गृह मन्त्रालय र सरकारका विभिन्न निकायहरुबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा भएको निर्णय र सोसँग सम्बन्धित समाचारको फोटो पठाउने काम गरी म लगायतबाट रकम लिइ अमेरिका नपठाइ रकम फिर्ता नगरी ठगी गरेको हुँदा कारबाही गरी पाऊँ ।’

शर्माका साथै केशवप्रसाद दुलाल, सानु भण्डारीलगायतले ‘हामीले उच्च अधिकारीहरुलाई चिनेका छौं, प्रधानमन्त्रीसँग समेत कुरा गरिरहेकोले यस्तो अफर आइरहँदैन, मौकाको फाइदा लिनुहोस’ भनी आफूहरुलाई विश्वास गराएको दाबीसमेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा गजेन्द्र बुढाथोकीविरुद्ध ७ जनाले जाहेरी दिएपछि उनले प्रहरीले दिएको जाहेरीमा भने आफूलगायत ६० जनाको पैसा फसेको उल्लेख गरेका छन् ।

उनको दाबीमा आफूबाट मात्रै आरोपितहरुले ९ करोड ७८ हजार रुपैयाँ लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group