ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणबारे बुधबार तीन प्रतिवादीका १३ वकिलको रोचब बहस


एबीसी न्यूज
२४ जेष्ठ २०८०, बुधबार   ८ : ०६   बजे

 

काठमाडौं २४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन्।

आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले बहस सकेपछि प्रतिवादीतर्फका वकिलहरुले बुधबारदेखि प्रतिरक्षा बहस थालेका थिए।

बुधबार मात्रै काठमाडौं जिल्ला अदालतमा तीनजना प्रतिवादीहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट १३ जना वकिलहरुले प्रतिरक्षा बहस गरेका छन्।

बुधबार सबैभन्दा पहिले यो प्रकरणमा बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए।

दुलालको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन्।

दुलालको तर्फबाट ६ जनाले बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट सबैभन्दा पहिले वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरे।

सानुको पक्षमा शर्मापछि चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्रीले बहस गरे।

सानुसँगै टंकको पक्षमा पनि तिनै वकिलले बहस गरेका थिए। उनीहरुले दुलाल, भण्डारी र टंकविरुद्ध लगाइएको अभियोग पुष्टि हुनै नसक्ने तर्क गर्दै प्रहरीसँग प्रमाण पनि नरहेकव उल्लेख गरेका थिए।

बहसका क्रममा अधिवक्ता विकास भट्टराईले दुलाल आफैँ पनि अमेरिका जाने भनेर ठगिएका व्यक्ति भएको जिकिर गरे। बिहीबार सानुको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी छ। भोलि पनि निरन्तर बहस हुने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

Prachanda

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

सम्बन्धित

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu